News Griha :: न्यूजगृह
प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रसङ्घका उपमहासचिव जँ पियर लाक्वाँबीच भेट
Prabhu Bank

काठमाडौं— नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जँ पियर लाक्वाँबीच मंगलबार जङ्गी अड्डामा भेटवार्ता भएको छ । 

सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानसेनापति शर्मा र उपमहासचिव लाक्वाँबीच शिष्टाचार भेट भएको माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत् जानकारी दिएका छन् । 

उपमहासचिव लाक्वाँ बंगलादेशको दुई दिने भ्रमण पूरा गरी आजै नेपाल आएका हुन् । उनी नेपालमा चार दिन बस्नेछन् । नेपाल बसाइँमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग शिष्टाचार भेट गर्ने बताइएको छ ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १६:१९
Weather Update