News Griha :: न्यूजगृह
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन, अर्को बैठक बिहीबार
संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन, अर्को बैठक बिहीबार नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन बनेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको बैठकले कुनै निर्णय गर्न नसकेको परिषद्का सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो नेपाल आयल निगमका अनुसार मङ्गलबार नयाँ मूल्य सूची आएको हो। पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य बढेर आएको हो। निगमका अनुसार पेट्रोलमा ८ रुपैयाँ, डिजेलमा ७ रुपैयाँ, मट्टितेलमा ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ बढेर आएको छ।
भक्तपुरको ख्योपुखुमा दर्शनार्थीको घुइँचो
भक्तपुरको ख्योपुखुमा दर्शनार्थीको घुइँचो अधिक साउन पूर्णिमाको अवसरमा मंगलबार भक्तपुर नगरपालिका–२ महाकालीस्थित ख्योपुखुमा दर्शनार्थीको घुइँचो लागेको छ । 
यी संसदीय समितिको बैठक बस्दै
यी संसदीय समितिको बैठक बस्दै
बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम, यात्रुलाई सास्ती
बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम, यात्रुलाई सास्ती राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी–दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैं सास्ती हुने गरेको छ ।
सवारीसाधन चोरीबाट जोगाउन के गर्ने ?
सवारीसाधन चोरीबाट जोगाउन के गर्ने ? विभिन्न मितिमा हराएका २१ दुई पाङ्ग्रे सवारीसाधन खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई हस्तान्तरण गरेको छ ।
ताप्लेजुङका बाढीपहिरो प्रभावितलाई राहत वितरण
ताप्लेजुङका बाढीपहिरो प्रभावितलाई राहत वितरण नेपाली कांग्रेस ताप्लेजुङले गत असार पहिलो साता गएको बाढीपहिरोबाट प्रभावित घरपरिवारलाई राहत वितरण गरिरहेको छ । 
स्थानीय तहमा धमाधम कर्मचारी हटाइँदै
स्थानीय तहमा धमाधम कर्मचारी हटाइँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारमा कार्यरत ५७ कर्मचारी हटाएको छ । अघिल्लो स्थानीय सरकारले नियुक्त गरेको अधिकांश करारका कर्मचारीको अभिलेखसम्म नभएकाले उनीहरू सबैलाई हटाएर नयाँ नियुक्त गर्ने गरी कार्यपालिकाबाटै निर्णय पारित गरिएको गाउँपालिका अध्यक्ष लोकन्द्र राईले जानकारी दिए ।
‘व्यावसायिक भवनले पार्किक शुल्क लिए तत्काल ९८५१०५१६१० फोन गर्नुस्’
‘व्यावसायिक भवनले पार्किक शुल्क लिए तत्काल ९८५१०५१६१० फोन गर्नुस्’ व्यावसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ शुल्क लिए तत्काल जानकारी दिन सेवाग्राहीलाई काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ । व्यावसायिक भवनले पार्किङ शुल्क लिए महानगरको ९८५१०५१६१० मा फोन गर्न आग्रह गरिएको हो ।
Weather Update