News Griha :: न्यूजगृह
यी संसदीय समितिको बैठक बस्दै

काठमाडौं— प्रतिनिधि सभाका दुई समितिका बैठक आज बस्ने भएका छन् । मंगलबार बिहान ११ बजे बस्ने गरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित र पूर्वाधार समितिको बैठक बोलाइएको हो ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष संसद सचिवालय सिंहदरबारमा समितिको सातौ बैठक बस्दैछ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट भएगरेका काम कारवाहीका विषयमा मन्त्रीसँग जानकारी लिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

पूर्वाधार समितिको बैठक पनि सोही समय बस्दैछ । समितिको सभा कक्षमा बस्ने बैठकमा साउन ७ गते काठमाडौंको रानीबारीस्थित सामाखुसी खोलामा बाढीमा बाल परी हराइरहेका विषयमा छलफल हुनेछ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायतामन्त्री तथा सचिव र रिङ रोड विस्तार आयोजना प्रमुखलाई बोलाइएको छ । सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाका चार वटा संसदीय समितिको बैठक बसेका थिए ।

राष्ट्रिय सरोकार तथा समन्वय समिति, महिला तथा सामाजिक मामिला समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक लेखा समितिको बैठक बसेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०९:०९
Weather Update