दिनभरका मुख्य मुख्य समाचारबुधबार, साउन १७, २०८०

कानुन व्यवसायी भगवती पाण्डे पक्राउ बुधबार, साउन १७, २०८० एक टेलिभिजनसँगको अन्तर्वार्तामा पाण्डेले हाडनाता भित्र विवाह हुँदा त्यसले उनीहरूबाट जन्मने बच्चामा दुष्प्रभाव पर्न सक्ने अभिव्यक्ति दिएकी थिइन् । उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । जातीय भेदभाव सहित दुईवटा कसुरमा अनुसन्धान गर्न कानुन व्यवसायी पाण्डेलाई पक्राउ गरेको छ ।

एक क्विन्टल सुन प्रकरणमा उच्च स्तरीय छानविन समिति आवश्यक छैन : जनार्दन शर्मा बुधबार, साउन १७, २०८० नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति आवश्यक नभएको बताएका छन् ।

रोहित चौधरीको हत्या आरोपमा दुई जना पक्राउ बुधबार, साउन १७, २०८० रोहितको साउन ५ गते सुनसरीस्थित धरान– इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । उनको हत्या आरोपमा सुनसरी प्रहरीले १० दिनपछि दुई जनालाई पक्राउ गरेको हो ।

माछा मार्न जाँदा साथीको हत्या गरेको अभियोगमा पाँच जना जेल चलान बुधबार, साउन १७, २०८० उनीहरूविरुद्ध ज्यानसम्बन्धी कसुर तथा हातहतियार खरखजना मुद्दाअन्तर्गत अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शरत्कुमार थापा क्षेत्रीले जानकारी दिए ।

नापतौल विभागले गर्यो ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही बुधबार, साउन १७, २०८० नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ ।

तनहुँमा भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या बुधबार, साउन १७, २०८० तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एक जनाले श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् ।

विपन्नलाई दिन ल्याइएको सोलार प्यानल नगर प्रमुखका भाइले आफन्तलाई बाँडे बुधबार, साउन १७, २०८० हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका विपन्न परिवारका लागि निःशुल्क वितरण गर्न ल्याइएको सोलार प्यानल नगर प्रमुखको भाइ रोजचन्द्र राईले आफूखुसी आफ्ना आफन्तलाई मात्र वितरण गरेका छन् ।

कर्मचारीले पाएनन् झन्डै एक वर्षदेखि तलब बुधबार, साउन १७, २०८०

म्याग्दीको गलेश्वर मन्दिरमा ६ लाख भेटी संकलन बुधबार, साउन १७, २०८० प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा सोमबारसम्म ६ लाख तीन हजार भेटी संकलन भएको छ ।

बुधबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना बुधबार, साउन १७, २०८० जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

यस्तो छ साउन १७ गते बुधबार तपाईंको राशिफल बुधबार, साउन १७, २०८० साउन १७ गते बुधबार । अधिक साउन कृष्ण प्रतिपदा तिथि । पञ्चाङ्ग आयुष्मान बालव श्रवण । तपाईंको राशिफल ।

कुटपिट र धारिलो हतियार प्रहारबाट दुईको मृत्यु, दुई पक्राउ मंगलबार, साउन १६, २०८० काठमाडौं उपत्यकामा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा संलग्न रहेका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।