News Griha :: न्यूजगृह
रोहित चौधरीको हत्या आरोपमा दुई जना पक्राउ

काठमाडौं—  नोबेल मेडिकल कलेज विराटनगरका प्राविधिक कर्मचारी रोहित चौधरीको हत्या आरोपमा सुनसरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  

रोहितको साउन ५  गते सुनसरीस्थित धरान– इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । उनको हत्या आरोपमा सुनसरी प्रहरीले १० दिनपछि दुई जनालाई पक्राउ गरेको हो ।  

पक्राउ परेकाहरूको नाम सार्वजनिक गरिएको छैन । उनीहरूलाई बुधबार दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईले बताए ।    

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १२:४५
Weather Update