News Griha :: न्यूजगृह
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
नेपालको हवाई सेवालाई अझै विश्वसनीय र सेवामुखी बनाउनुस् : रक्षामन्त्री खड्का
नेपालको हवाई सेवालाई अझै विश्वसनीय र सेवामुखी बनाउनुस् : रक्षामन्त्री खड्का उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले सञ्चालन गरिरहेको हवाई सेवालाई अझ विश्वसनीय र सेवामुखी बनाउन आग्रह गरेका छन् ।
पशुपतिनाथ मन्दिरमा हजारौं बोलबम यात्री
पशुपतिनाथ मन्दिरमा हजारौं बोलबम यात्री सौरमास अनुसार साउनको तेस्रो साताको सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ बोलबम यात्रीले सुन्दरीजलबाट शुद्ध जल ल्याई चढाएका छन् ।
लुम्बिनी विकास कोषको उपाध्यक्षमा स्वच्छ छवि भएका धर्म गुरुलाई नियुक्त गर्न बौद्धमार्गीहरूको माग
लुम्बिनी विकास कोषको उपाध्यक्षमा स्वच्छ छवि भएका धर्म गुरुलाई नियुक्त गर्न बौद्धमार्गीहरूको माग सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बौद्धमार्गीहरूले राजनीतिक पहुँचको आधारमा लुम्बिनी विकास कोषको उपाध्यक्ष र अन्य कर्मचारी नियुक्ति नगर्न सरकारको ध्यानाकर्षण गराए । लुम्बिनी विकास कोषको उपाध्यक्ष पद रिक्त रहेको छ । कोषको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहने व्यवस्था रहेको छ भने कार्यकारी उपाध्यक्ष रहने व्यवस्था छ । 
देशभर ७७ प्रतिशत धान रोपाइँ, तीन लाख हेक्टर क्षेत्रफल बाझै
देशभर ७७ प्रतिशत धान रोपाइँ, तीन लाख हेक्टर क्षेत्रफल बाझै यस वर्ष कोशी प्रदेशमा ८४ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । सो प्रदेशमा गत वर्ष यही समयमा ८८ प्रतिशत भूभागमा धान रोपाइँ भएको थियो । कोशी प्रदेशमा दुई लाख ७५ हजार एक सय ३३ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ हुने गरेकामा हालसम्म दुई लाख ३१ हजार एक सय १२...
ट्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु 
ट्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु  आइतबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका– ३ को चौकीडाँडामा सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । घाइते प्रहरी जवान कपिल कठायतको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतबार राति साढे ९ बजे मृत्यु भएको हो ।
सय केजी सुन तस्करी प्रकरणमा दावा पक्राउसँगै राजनीतिकर्मीमा पनि होला अनुसन्धान?  
सय केजी सुन तस्करी प्रकरणमा दावा पक्राउसँगै राजनीतिकर्मीमा पनि होला अनुसन्धान?   विभिन्न आपराधिक घटनामा संलग्न उनलाई चिनियाँ दूतावासले पक्राउ गर्न सरकारलाई पटक पटक आग्रह गर्दै आएको थियो । तर नेकपा माओवादी केन्द्रका उच्च तहका नेताहरूको संरक्षणमा उनी जोगिदै आएका थिए । दावाको माओवादी केन्द्र उपमहासचिव वर्षमान पुन र नेतृ ओनसरी घर्तीसँग निकट सम्बन्ध रहेको स्रोत बताउँछ ।
डेंगु र लम्पी स्किन रोग नियन्त्रण गर्न प्रधानमन्त्री दाहालको निर्देशन
डेंगु र लम्पी स्किन रोग नियन्त्रण गर्न प्रधानमन्त्री दाहालको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लम्पी स्किन, डेंगुजस्ता संक्रामक रोगको तत्काल रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गर्न निर्देशन दिएका छन् ।
रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकी राखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
मिटरब्याजसम्बन्धी दुई हजार पाँच सय २० उजुरीमा मिलापत्र, ७१ बिघा जग्गा फिर्ता
मिटरब्याजसम्बन्धी दुई हजार पाँच सय २० उजुरीमा मिलापत्र, ७१ बिघा जग्गा फिर्ता अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी अहिलेसम्म विभिन्न ५५ जिल्लामा कूल २३ हजार नौ सय ६१ उजुरी दर्ता भएको छ ।
भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन नै मुस्किल
भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन नै मुस्किल भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जंगल आसपासका बस्तीका किसान समस्या परेका हुन् ।
Weather Update