News Griha :: न्यूजगृह
शिवजीको अर्धनारीश्वर अवतारले दिन्छ यस्तो शिक्षा

ब्रह्माजीलाई सृष्टिलाई अगाडि बढाउन कठिनाइ भइरहेको थियो । त्यतिबेला शिवजीले अर्धनारीश्वरको रूप धारण गर्नुभयो । भगवान् शिव र देवी पार्वतीको संयुक्त रूपलाई अर्धनारीश्वर भनिन्छ । यस रुपमा आधा शरीर शिवको र आधा पार्वतीको हुन्छ ।

यस सम्बन्धमा शिवपुराणमा एउटा कथा छ । ब्रह्माजीले ब्रह्माण्डको सृष्टि गरिरहनु भएको थियो र उहाँको कार्यमा कुनै प्राकृतिक बाधा पर्दा शिवजीले उहाँलाई सहयोग गरिरहनु भएको थियो ।

ब्रह्माजीको अगाडि एउटा समस्या आयो । त्यो समस्या थियो संसारलाई कसरी अगाडि बढाउने भन्ने । जीवको मृत्युपछि फेरि जीव सृष्टि गर्न गाह्रो हुन थाल्यो । ब्रह्माजीले सोच्न थाल्नुभयो, यो सृष्टि आफैं कसरी चल्छ ? ब्रह्माजी आफ्नो समस्या लिएर शिवजीकहाँ पुग्नुभयो । 

त्यसबेला भगवान् शिवले अर्धनारीश्वरको अवतार लिएर ब्रह्मालाई सन्देश दिनुभएको थियो । विश्वलाई अगाडि लैजान महिला र पुरुषको मैथुनी सृष्टि गर्नुपर्छ भन्ने उहाँको सन्देश थियो । यो ब्रह्माण्डमा महिला र पुरुष दुवैले समान भूमिका निर्वाह गर्नेछन् ।

लिङ्ग पुराणको कथा

लिङ्ग पुराणका अनुसार सृष्टिको प्रारम्भमा कमलमा ब्रह्माजी विराजमान हुनुहुन्थ्यो । जब ब्रह्माजीलाई एक्लो महसुस भयो तब उहाँले सोच्न थाले कि कसैको संगत पाउनको लागि अर्को प्राणी कसरी सृजना हुन्छ । ब्रह्माजी यसरी सोचिरहँदा शिवजी उहाँको अगाडि देखा पर्नुभयो ।

भगवान् शिवको दाहिने पक्ष पुरुष र देब्रे भाग महिला थियो । यो शिवको अर्धनारीश्वर रूप थियो । यसबाट प्रेरित भएर ब्रह्माजीले आफूलाई दुई भागमा बाँडिदिनुभयो । दाहिने तर्फबाट पुरुष र देब्रे तर्फबाट नारी प्राणीको उत्पत्ति भएको हो । यसरी नै सृष्टि सुरु भयो ।

अर्धनारीश्वर स्वरूपको शिक्षा

शिवजीबाट प्राप्त सन्देशपछि ब्रह्माजीले मैथुनी सृष्टिको सृष्टि गर्नुभयो । शिवको अर्धनारीश्वर रूपले हामीलाई संसारमा नारी र पुरुष समान छ भन्ने सन्देश दिइरहेको छ । हामीले दुवैलाई सम्मान गर्नुपर्छ । कसैको अपमान नगर्नुहोस् । एकअर्का बिनाको जीवन अधुरो छ । दुवैले एकअर्कालाई पूरा गर्छन् । दैनिक भास्करबाट  

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १८:०९
Weather Update