ट्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु

काठमाडौं— कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ ।
आइतबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका– ३ को चौकीडाँडामा सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । घाइते प्रहरी जवान कपिल कठायतको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतबार राति साढे ९ बजे मृत्यु भएको हो ।
उनी नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत थिए ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८० १०:०४