News Griha :: न्यूजगृह
साउन १६ गते मंगलबार तपाईंको राशिफल

साउन १६ गते मंगलबार । अधिक साउन शुक्ल पूर्णिमा । पञ्चाङ्ग प्रीति विष्टि, भद्रा उत्तरषाढा । पूर्णिमा व्रत । विश्व स्तनपान सप्ताह प्रारम्भ । राशिफल हेरौं ।

मेष

प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ । प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ । सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ ।

वृष

आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन् । मेहनत गर्दा अवसर भने पाइनेछ ।

मिथुन

नयाँ व्यवसाय सुरु गर्ने मौका छ । महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ ।

कर्कट

प्रयत्न गर्दा भाग्यले साथ दिनेछ । परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ ।

सिंह

रमाइलो यात्राको अवसर जुट्न सक्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ । अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ ।

कन्या

सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । असन्तुलित खानपानले पेटको समस्या आउने समय छ ।

तुला

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ ।

वृश्चिक

विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ । व्यापारबाट लाभ मिल्नेछ ।

धनु

काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ ।

मकर  
सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ ।

कुम्भ

अध्ययन अध्यापनमा प्रगति हुनेछ । बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ ।

मीन

विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०६:१२
Weather Update