सामाजिक सुरक्षा कोषमा जागिरको अवसर

काठमाडौं— नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषका लागि कार्यकारी निर्देशक पदपूर्तिका लागि निवेदन आह्वान भएको छ ।
सामाजिक सुरक्षा कोषले मंगलबार एक सूचना प्रकाशित गर्दै रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
शैक्षिक योग्यता र अनुभव भएका इच्छुक योग्य नेपाली नागरिकले २१ दिनभित्र सामाजिक सुरक्षा कोषको केन्द्रीय कार्यालय बबरमहलमा निवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० ०८:५३