News Griha :: न्यूजगृह
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

काठमाडौं— भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ।

नेपाल आयल निगमका अनुसार मङ्गलबार नयाँ मूल्य सूची आएको हो। पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य बढेर आएको हो। निगमका अनुसार पेट्रोलमा ८ रुपैयाँ, डिजेलमा ७ रुपैयाँ, मट्टितेलमा ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ बढेर आएको छ।

त्यसबाहेक एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर एक सय रुपैयाँले घटेर आएको हो । निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको छ। जस अनुसार तत्काल मूल्य घटबढ हुने छ ।  

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १४:२९
Weather Update