आजको मौसम : हल्का हिमपातको सम्भावनाशनिबार, मंसिर ३०, २०८०

प्रधानमन्त्रीकी नातिनीको भड्किलो बिहे, कानुनले तोकेकोभन्दा धेरै सहभागि शुक्रबार, मंसिर २९, २०८० कम्युनिस्ट नेताको परिवारमा भड्किलो विवाह भएको भन्दै सामाजिक सञ्जालमार्फत चर्को आलोचना भएको छ । विवाहको समारोहमा कानुनले तोकेकोभन्दा बढी मानिसलाई निम्ता दिइएकाले प्रधानमन्त्री र स्थानीय सरकारको प्रमुख कै परिवारले देशको कानुन पालना नगरेकोमा प्रश्न पनि उठेको हो ।

यी देशमा छ महिनावारी बिदा शुक्रबार, मंसिर २९, २०८० लुम्बिनी प्रदेश सभाले प्रदेश निजामती ऐनमा महिला कर्मचारीका लागि ‘महिनावारी’ बिदा दिने निर्णय पारित गरेसँगै सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस भइरहेको छ । सुरुमा सामाजिक सञ्जालमा जानकारीका रुपमा राखेका धेरै महिलाहरूले बिदाको पक्षमा वकालत गरिरहेका छन् ।

प्रचण्डकी नातिनीको बिहे पाँच तारे होटलमा, १ हजारलाई निम्तो शुक्रबार, मंसिर २९, २०८० विवाह पाँच तारे होटल गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ । उनको विवाह गोरखाका विज्ञानबाबु रेग्मीसँग हुन लागेको हो । उनीहरूबीच मंसिर १२ गते टीकाटालो भएको थियो । आजको विवाह समारोहमा १ हजारभन्दा बढीलाई निम्ता गरिएको छ ।

हराइरहेकी बालिकाको शव पोखरीमा भेटियो, बलात्कारपछि हत्याको आशंका शुक्रबार, मंसिर २९, २०८० धनुषामा बुधबार साँझदेखि हराइरहेकी बालिकाको शव पोखरीमा फेला परेको छ । सबैला नगरपालिका–९ सतोखरकी ६ वर्षीया राखी यादवको शव पोखरीमा फेला परेको प्रहरीले जनाएको छ। शवको प्रकृति हेर्दा बलात्कार गरी हत्या भएको देखिएको छ ।

तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा धनुषामा २ जनाको मृत्यु, एक जना गम्भीर घाइते शुक्रबार, मंसिर २९, २०८० धनुषामा तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य एकजना गम्भीर घाइते छन् ।

देशभरी चिसो बढ्दै, सतर्कता अपनाउन अनुरोध शुक्रबार, मंसिर २९, २०८० देशभरी चिसो भने बढ्दै गएको छ । चिसोबाट हुनसक्ने असरबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ । बिहान बेलुका मौसम धुम्म भइरहे पनि तत्काललाई वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले तराईमा हुस्सु, काठमाडौंमा चिसो बिहीबार, मंसिर २८, २०८० जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । बिहीबार तराईमा हुस्सु तथा कुहिरो लागेको छ । काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ ।

काउली प्रति केजी पाँच रुपैयाँमा पनि बिक्री भएन, बारीमै सड्यो बुधबार, मंसिर २७, २०८० रामेछाप र दोलखाको शैलुङ क्षेत्र आसपासमा किसानले लगाएको काउली बिक्री नहुँदा लाखौँ रुपैयाँको क्षति बेहोर्नु परेको छ । किसानले लगाएको काउली बिक्री नभएपछि बारीमा त्यतिकै सडेर गएको छ । उचित मूल्य नपाएपछि किसानले काउली बिक्री नगरी त्यतिकै बारीमा छाडिदिएका छन् ।

आठ वर्षमा तीन पिलर मात्रै ठडिए बुधबार, मंसिर २७, २०८० कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा ८ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका ३ पिलर मात्रै ठडिएका छन् । २०७२ पुस २६ गते तीन वर्षभित्र सक्ने गरी लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो ।

काठमाडौंमा आज यो वर्षकै न्यून तापक्रम बुधबार, मंसिर २७, २०८० काठमाडौं उपत्यकामा आज यो वर्षको न्यून तापक्रम मापन गरिएको छ । बिहान ५:४५ बजे काठमाडौंमा ५.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु बुधबार, मंसिर २७, २०८० आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पुरुष पनि घरेलु हिंसामा ! मंगलबार, मंसिर २६, २०८० बाँकेमा पुरुष पनि घरेलु हिंसामा परेको जनाउँदै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिन पुगेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४० जना पुरुषले न्यायका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक महेश्वरी विष्टले जानकारी दिइन् ।