घर आगलागी हुँदा सुत्केरीसहित परिवारको बिचल्लीसोमबार, पुस ९, २०८०

अवरुद्ध बीपी राजमार्ग खुल्यो सोमबार, पुस ९, २०८० सोमबार बिहान रामेछापको मन्थलीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को बसले काठमाडौंबाट खुर्कोट जाँदै गरेको बा६०प ३५४५ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका– १० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनस्थल मै मृत्यु भएको थियो ।
![बसले मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुलीमा दुई जनाको मृत्यु [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/bus-and-motorcycle-accident-1703482161.jpg)
बसले मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुलीमा दुई जनाको मृत्यु [अपडेट] सोमबार, पुस ९, २०८० बीपी मार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका– ३ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।सोमबार बिहान काठमाडौंबाट खोटाङ जाँदै गरेको बा.प्र–०१–००६ ख ४५९३ नं को बसले बा ६० प ३५४५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

कैद भुक्तान सकिने दिनमै कैदीको मृत्यु सोमबार, पुस ९, २०८० मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएको छ । ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर—१० का ४८ वर्षीय चण्डेश्वर सहनीको सोमबार बिहान पौने ७ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु सोमबार, पुस ९, २०८०

माओवादी अध्यक्ष प्रचण्डका सुरक्षा गार्ड रहिसकेका पूर्व लडाकु कमान्डर 'जटिल'ले गरे आत्महत्या सोमबार, पुस ९, २०८० अछामको पञ्चदेवल विनायक नगरपालिकाको लयाटी स्थायी घर भएका अन्दाजी ४५ वर्षीय जटिल रोजगारीको सिलसिलामा भारतको महाराष्ट्रस्थित उरन शहरमा थिए । पारिवारिक स्रोतका अनुसार जटिलले शनिबार राति आफ्नै कोठामा आत्महत्या गरेका हुन् ।

स्वास्थ्यकर्मीमाथि जातीय भेदभाव गर्ने दुई जना पक्राउ आइतबार, पुस ८, २०८० मुगुको सोरु गाउँपालिका–९, खनैयाँमा कार्यरत स्वास्थ्यकर्मी तुलसाकुमारी विकमाथि जातीय भेदभाव गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार जातीय भेदभाव गरेको आरोपमा झापु शाही र धनबहादुर भट्टलाई पक्राउ गरिएको हो ।

बेपत्ता बालक १७ दिनपछि मृत भेटिए शनिबार, पुस ७, २०८० बालक घरदेखि करिब तीन किलोमिटर दूरीमा पर्ने बन्गाड कुपिण्डे-४ तारुपहरे लेखको सिद्वगुफा नजिकैको जङ्गलमा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए । बिक बाख्रा चराउन गएको बेला मंसिर २० गतेदेखि बेपत्ता भएका थिए ।

क्रिसमस मनाउन मकवानपुरको राक्सिराङ गाउँपालिकामा ३ दिन सार्वजनिक बिदा शनिबार, पुस ७, २०८० उनका अनुसार गाउँपालिकाभित्र ४६ प्रतिशतभन्दा बढी मानिसहरूले इसाई धर्म मान्छन् । क्रिसमस मनाउन शुक्रबारदेखि नै सुरु भएको छ । गाउँपालिकाभित्र विशेष महत्त्वका साथ मनाइने भएकाले त्यस दिन सार्वजनिक बिदा दिइएको प्रवक्ता प्रजाले जानकारी दिए।

बाघको आक्रमणबाट बर्दियामा बालकको मृत्यु शनिबार, पुस ७, २०८० बारबर्दिया नगरपालिका-४ का ११ वर्षका सुमित थारू बबई नदीमा नुहाउन गएका बेला शनिबार दिउँसो साढे १२ बजे जिरा सामुदायिक वन नजिकै बाटे बाघले आक्रमण गरी घाइते बनाएको थियो ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु शनिबार, पुस ७, २०८० छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु शनिबार, पुस ७, २०८० गएराति १२:१० बजे प्रसौनी गाउँपालिका-२ दुधौरी खोला पुलमा म.प्र०३-०३०-प ४३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पुलको पिलरमा ठोक्किएर दुर्घटना भएको थियो ।

नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने, ६ स्थानमा सवारी साधन रोकिने शनिबार, पुस ७, २०८० तुइन खोलामा पुल बनाउन भित्ता काट्नुपर्ने भएपछि नारायणगढ–मुग्लिन सडकखण्ड शनिबारदेखि दैनिक चार घण्टा बन्द रहने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ । भीर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६...