पोखराबाट पाल्पा जाँदै गरेको जीप तनहुँमा दुर्घटनाबुधबार, पुस २५, २०८०

पोखरामा फेला परेको ४५ थान पहेँलो धातु ‘सुन नभएको’ पुष्टि बुधबार, पुस २५, २०८० पोखरामा सोमबार बिहान फेला परेको सुनजस्तो देखिने ४५ थान पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु बुधबार, पुस २५, २०८० हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भूभागहरूमा हुस्सु लागेको अवस्था छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम...

यी तीन प्रदेशमा हिमपात, तराईमा हुस्सु मंगलबार, पुस २४, २०८० आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

३५ फिट गहिरो इनारमा खसेका व्यक्तिको सकुशल उद्धार सोमबार, पुस २३, २०८० जावलाखेलस्थित स्टिल टावरको पछाडि एक घरको कम्पाउण्डमा रूख काट्ने क्रममा लडेर ३५ फिट गहिरो इनारभित्र खसेका ४० वर्षीय रामशरण सापकोटाको नगर प्रहरीले सकुशल उद्धार गरेको हो ।

रियल गोर्खा सहकारीका अध्यक्षसहित २ जना पक्राउ, १२ करोड हिनामिना गरेको आरोप सोमबार, पुस २३, २०८० उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

आजको मौसमः वर्षा र हिमपातको सम्भावना छैन सोमबार, पुस २३, २०८० जल तथा मौसम विज्ञान विभागले आज मौसम आंशिक बदलीदेखि सफा रहने जनाएको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।काठमाडौंमा बिहान ५:४५ को न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस रहेको छ...

कोशी र गण्डकी प्रदेशमा हल्का हिमपात, तराईमा हुस्सु आइतबार, पुस २२, २०८० हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका केही स्थानमा हुस्सु लागेको छ।

क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा दुई जनालाई कालोमोसो दलियो शनिबार, पुस २१, २०८० कपिलवस्तुमा उपचारको नाममा झुक्काएर क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा दुई जनालाई कालोमोसो दलिएको छ ।अबोध बालबालिकालाई झुक्क्याएर बाइबल पाठ गराएको र स्थानीय महिलालाई उपचारका नाममा झुक्क्याएको आरोप लगाउँदै कपिलवस्तु नगरपालिका वडा नम्बर २ प्रहरी कार्यालय टोलको एक घरमा दुई जनालाई कालोमोसो दलिएको हो ।

तराईमा हुस्सु, यी तीन प्रदेशमा हल्का हिमपात शुक्रबार, पुस २०, २०८० हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

विद्युत ट्रान्सफर्मर चोरी गर्ने पक्राउ मंगलबार, पुस १७, २०८० गत मंसिर १३ गते राति बारा सिम्रौनगढ नगरपालिका वडा नं. ३ श्रीनगर बैरिया र मंसिर २३ गते पचरौता नगरपालिका वडा नं. ५ बेल्दारीबाट ट्रान्सफर्मर चोरी भएको थियो ।

कार्यालय भवन उद्घाटनको दिन दिइएको बिदा सुनापति गाउँपालिकाले फिर्ता लियो मंगलबार, पुस १७, २०८० प्रधानमन्त्री प्रचण्ड बिहीबार गाउँपालिकाको कार्यालय भवन उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुन लागेको भन्दै पालिकाले सूचना नै जारी गरी सार्वजनिक बिदा दिएको थियो ।

कार्यालय भवन उद्घाटन गर्न प्रधानमन्त्री आउने भएपछि सुनापति गाउँपालिकाले दियो सार्वजनिक बिदा मंगलबार, पुस १७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भएपछि रामेछापको सुनापति गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्री प्रचण्ड आगामी बिहीबार (पुस १९) गते गाउँपालिकाको कार्यालय भवन उद्घाटन गर्न जाँदैछन् ।