News Griha :: न्यूजगृह
बागमती, कोशी र गण्डकी प्रदेशमा हिमपातको सम्भावना
बागमती, कोशी र गण्डकी प्रदेशमा हिमपातको सम्भावना  हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको अवस्था छ ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च...
युरोप पठाइदिने भन्दै ठगी गरेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ
युरोप पठाइदिने भन्दै ठगी गरेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ पौडेलले पदम कुमारी श्रेष्ठसमेत २ जनालाई वैदेशिक रोजगारीको लागि युरोप पठाइदिन्छु, त्यसको लागि २० लाख रुपैयाँ लाग्छ, युरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक ३ लाख रुपैयाँ भन्दा धेरै तलब हुन्छ भनी प्रलोभनमा पारी १९ लाख ६० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका थिए ।
वनभोजका लागि दाङ जाँदै गरेको बस दुर्घटना, २० जना घाइते
वनभोजका लागि दाङ जाँदै गरेको बस दुर्घटना, २० जना घाइते बर्दियाबाट दाङ आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस आइतबार बिहान राप्ती राजमार्गको अमेलिया–तुलसीपुर सडक खण्डमा पर्ने तुलसीपुर– १३ दमारगाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले जानकारी दिए ।
बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प
बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प उक्त भूकम्प ३.४ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङ गत असोज १६ मा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यशोदा फुड्सले भन्यो- करेन्ट चाउचाउको उत्पादन र बिक्रीवितरणमा रोक लागेको छैन, अनर्गल प्रचार भयो
यशोदा फुड्सले भन्यो- करेन्ट चाउचाउको उत्पादन र बिक्रीवितरणमा रोक लागेको छैन, अनर्गल प्रचार भयो यशोदा फुड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र बिक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाइपाउँ भन्दै परेको उजुरीविरुद्ध उद्योग विभागले गत जेठ २९ गते नै निर्णय गरेको तथा उच्च अदालत पाटनमा परेको मुद्दामा पनि अदालतले यथास्थितिमै राखेको भएपनि यशोदा फुड्सले आफूविरुद्ध नियोजित...
अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ अमेरिका पठाइदिन्छु भन्दै १४ लाख ९० ठगी गरेको अभियोगमा काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ४ घर भई हाल काठमाडौं महानगरपालिका– २६ सामाखुसी बस्ने ४६ वर्षीया पार्वती थापा छन् । 
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षबाटै पक्राउ, १ करोड लिएको आरोप
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षबाटै पक्राउ, १ करोड लिएको आरोप पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । उनलाई बुधबार कार्यकक्षबाटै पर्वत प्रहरीले पक्राउ गरेको हो । उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरिदिन भन्दै पर्वत प्रहरीलाई पत्राचार गरेको थियो ।
कैलालीमा जलेर ज्येष्ठ नागरिकको मृत्यु
कैलालीमा जलेर ज्येष्ठ नागरिकको मृत्यु घोडाघोडी नगरपालिका– १० आमखैया बस्ने ७९ वर्षीय खडक बडुवालको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
कारको ठक्करबाट पोखरामा २ पैदलयात्रीको मृत्यु
कारको ठक्करबाट पोखरामा २ पैदलयात्रीको मृत्यु गएराति करिब १ बजेतिर बागलुङ बसपार्कबाट जिरो किलोतर्फ जाँदै गरेको बा१३च ३७२१ नम्बरको कारले सिद्धार्थ बैंक अगाडि ठक्कर दिँदा पोखरा महानगरपालिका–३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अन्दाजी ३५ वर्षीय देखिने पुरुषको मृत्यु भएको हो ।
उँधौली पर्व आज, यःमरी पुन्हि पनि आजै
उँधौली पर्व आज, यःमरी पुन्हि पनि आजै प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उँधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उँधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ ।
आजको मौसम : तराईमा हुस्सु, पहाडमा आंशिक बदली
आजको मौसम : तराईमा हुस्सु, पहाडमा आंशिक बदली तराईका केही भूभागमा आज बिहान हुस्सु र कुहिरो लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
रेड कर्नर नोटिस जारी भएका नेपाली कतारबाट पक्राउ
रेड कर्नर नोटिस जारी भएका नेपाली कतारबाट पक्राउ ठगी तथा सङ्गठित अपराध मुद्दामा फरार रहेरका उनीविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो । कतारमा पक्राउ परेका उनलाई नेपाल फिर्ता ल्याइएको छ । 
Weather Update