News Griha :: न्यूजगृह
बेपत्ता बालक १७ दिनपछि मृत भेटिए 

सल्यान— सल्यानका एक बालक १७ दिनपछि मृत अवस्थामा फेला परेका छन् ।

बन्गाड कुपिण्डे नगरपालिका-५ चिउराका कमल विश्वकर्माका छोरा वर्षीय १३ अर्जुन शनिबार बेलुकी ५ बजेतिर मृत भेटिएका हुन् ।

बालक घरदेखि करिब तीन किलोमिटर दूरीमा पर्ने बन्गाड कुपिण्डे-४ तारुपहरे लेखको सिद्वगुफा नजिकैको जङ्गलमा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए । बिक बाख्रा चराउन गएको बेला मंसिर २० गतेदेखि बेपत्ता भएका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । प्रहरी निरीक्षक धमलाका अनुसार बालकको मृत्युको कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  २२:३१
Weather Update