News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
भोलि डीभीको रिजल्ट आउने, कसरी हेर्ने? 
भोलि डीभीको रिजल्ट आउने, कसरी हेर्ने?  अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) को नतिजा शनिबार (भोलि) सार्वजनिक हुने भएको छ। नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै शनिबार डीभीको नतिजा सार्वजनिक गर्ने जानकारी दिएको हो। 
काठमाडौं महानरको श्रम बैंकबाट ४ सयभन्दा बढीलाई रोजगारी 
काठमाडौं महानरको श्रम बैंकबाट ४ सयभन्दा बढीलाई रोजगारी  काठमाडौ‌ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन्। थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन्। 
मधेस प्रदेशका लोसपा सांसद अभिराम शर्मा निलम्बनमा 
मधेस प्रदेशका लोसपा सांसद अभिराम शर्मा निलम्बनमा  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश संसदीय दलका नेता अभिराम शर्मा निलम्बनमा परेका छन्।  सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीमा कार्यरत असई थमन विक हत्या प्रकरणमा अदालतबाट जन्मकैदको सजाय पाएका शर्मालाई मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले निलम्बन गरेका हुन्। वैशाख १८ गते मंगलबार नै शर्मालाई निलम्बन गरिएको प्रदेश सभा...
एक सयको नोटमा ‘चुच्चे नक्सा’ राख्ने सरकारको निर्णय 
एक सयको नोटमा ‘चुच्चे नक्सा’ राख्ने सरकारको निर्णय  सरकारले चलनचल्तीमा रहेको एक सयको नोटमा भएको नक्सा परिवर्तन गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक सयको नोटमा लिपुलेक–कालापानी समेटिएको ‘चुच्चे नक्सा’ राख्ने भएको हो। 
अपडेटः परीक्षा दिएर फर्किएकी किशारीमाथि गोली प्रहार गर्ने पक्राउ  
अपडेटः परीक्षा दिएर फर्किएकी किशारीमाथि गोली प्रहार गर्ने पक्राउ   झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किएकी एनिका अधिकारीमाथि गोली प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहाका अमितकुमार यादव रहेको प्रहरीले जनाएको छ। उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिकामाथि शुक्रबार बिहान करिब साढे १२ बजेको समयमा गोली प्रहार भएको हो।
अत्यधिक गर्मी बढेपछि हलेसी तुवाचुङका विद्यालयमा बिहानी कक्षा
अत्यधिक गर्मी बढेपछि हलेसी तुवाचुङका विद्यालयमा बिहानी कक्षा अत्यधिक गर्मी बढेपछि हलेसी तुवाचुङ नगरपालिकाका ९ वटा सामुदायिक विद्यालयमा बिहानी कक्षा सञ्चालन गरिने भएको छ। दिउँसो गर्मीका कारण विद्यार्थीलाई समस्या भएपछि नगर कार्यपालिकाको बैठकले कोशी किनारमा सञ्चालित ९ वटा सामुदायिक विद्यालयमा बिहान ६ बजेदेखि ११ बजेसम्म पठनपाठन गर्ने÷गराउने निर्णय गरेको हो।
देशभर डढेलोः जङ्गलका स्रोत जोगाउनै मुस्किल
देशभर डढेलोः जङ्गलका स्रोत जोगाउनै मुस्किल  डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा थिए। तर मुलुकका विभिन्न स्थानका जङ्गल डढेलोले जलिरहँदा उनलाई भ्रमणमा निस्कन मन लागेन। विदेश जान मरिहत्ते गर्नेहरु धेरै छन् यहाँ तर उनको डढेलो बढेसँगै मन पनि अत्तालिरहेको छ। डढेलोको विषयमा बुझ्न सञ्चारकर्मीको फोनको घण्टीले उनलाई एकैछिन फुर्सदै हुँदैन। 
जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको सदस्यमा भण्डारी नियुक्त
जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको सदस्यमा भण्डारी नियुक्त जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको संचालक समिति सदस्यमा राम भण्डारी नियुक्त भएका छन्।  
अरुको नागरिकता प्रयोग गरी कन्सल्टेन्सी सञ्चालन, जापान पठाइदिने भन्दै करोडौँ ठगी गर्ने २ जना पक्राउ
अरुको नागरिकता प्रयोग गरी कन्सल्टेन्सी सञ्चालन, जापान पठाइदिने भन्दै करोडौँ ठगी गर्ने २ जना पक्राउ अरुको नागरिकता प्रयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने प्रलोभनमा पारी करोडौँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका राजन श्रेष्ठ र झापा गौरादह घर भएका ईश्वरी पाण्डे रहेका छन्। प्रहरीका अनुसार उनीहरूले जापान पठाइदिने भन्दै करिब...
नाबालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा खाजाघर सञ्चालक पक्राउ
नाबालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा खाजाघर सञ्चालक पक्राउ नाबालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा २ जना पक्राउ परेका छन्।  पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–९ दिपज्योती मार्ग बस्ने दार्चुला व्यास गाउँपालिका–६ हुती घर भएका २९ वर्षीय लोकेन्द्र बडु र टोखा नगरपालिका–९ बस्ने सर्लाही हरिवन नगरपालिका–२ घर भएकी ३७ वर्षीया कान्छीमाया घिसिङ रहेका छन्। 
खडेरीका कारण किसान चिन्तित, बाराका दक्षिणी भागमा भएन रोपाइँ 
खडेरीका कारण किसान चिन्तित, बाराका दक्षिणी भागमा भएन रोपाइँ  पछिल्लो समय लामो समय पानी नपरेका कारण लगाइएका अन्नबालीहरु सुक्न थालेका छन् भने चैते रोपाइँको काम समेत प्रभावित बनेको छ।चैतभित्रै किसानले चैतेधान रोपाइँ सम्पन्न गरिसक्नुपर्नेमा लामो समयदेखिको खडेरीले गर्दा जिल्लामा करिब ६० प्रतिशत मात्र रोपाइँ भएको छ। 
मासुजन्य प्रयोजनका लागि चन्द्रकोट गाउँपालिकाले लगायो पशुचौपाया बिक्रीमा रोक
मासुजन्य प्रयोजनका लागि चन्द्रकोट गाउँपालिकाले लगायो पशुचौपाया बिक्रीमा रोक गुल्मीको चन्द्रकोट गाउँपालिकाले मासुजन्य प्रयोजनका लागि पशुचौपाया ओसारपसार गर्न रोक लगाएको छ। गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै स्त्री जातिका पशु चौपायाहरु विषेश गरी भैँसीको बिक्री वितरण तथा ओसारपसार नगर्न÷नगराउन अनुरोध गरेको हो।
Weather Update