News Griha :: न्यूजगृह
रास्वपा सभापति लामिछानेका कानुन व्यवसायीको बहस जारी
रास्वपा सभापति लामिछानेका कानुन व्यवसायीको बहस जारी थुनचेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । सभापति लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा मुछिएका पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको...
चिसोसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्यो
चिसोसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्यो राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारी रणनीति छ । प्रमुख सहर, औद्योगिक प्रतिष्ठानलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्शाङ्कन...
ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाल पक्राउ
ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाल पक्राउ नेपालले निषेधित क्षेत्र तोड्न लागेकोले नियन्त्रणमा लिइएको काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार वर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर उनले अभियान सञ्चालान गर्दै आइरहेका छन् ।
जनावरको आक्रमणबाट ५ महिनामा ८३ जनाको मृत्यु
जनावरको आक्रमणबाट ५ महिनामा ८३ जनाको मृत्यु सर्प, बाघ, गैँडा, हात्ती र भालुको आक्रमणबाट पछिल्ला पाँच महिनाको अवधिमा ८३ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार  चालु आर्थिक वर्ष २०८१/०८२ को श्रावणदेखि मंसिर महिनासम्म जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने ५ सय ९९ जना घाइते भएका छन् ।
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित शीतलहर, बाक्लो कुहिराका कारण चौपाया, पशुपक्षी तथा बालीनालीलाई असर पु-याएको छ । जलेश्वर–४ का किसान अनिल साहले शीतलहरले दैनिकीमा समस्या परेको गुनासो गरे । चिसोकै कारण अहिले सदरमुकाम जलेश्वरसहित जिल्लाका सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । 
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणको सुल्झियो विवाद
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणको सुल्झियो विवाद सुर्खेतमा २०४५ सालमा निर्माण भएका संरचनाबाट हालसम्ममा विद्युत् प्रसारण भइरहेको छ। अहिले ३३ केभी प्रसारण लाइनको विद्युत् सुर्खेतलगायत कर्णालीका जिल्लामा सञ्चालनमा रहेको छ। सोही कारणले विद्युत् अनियमितता हुनुका साथै लो भोल्टेजका कारण काम गर्नसमेत समस्या हुँदै आएको छ।
काठमाडौं उपत्यका र तराईमा हुस्सु, अन्यत्रको मौसम कस्तो रहला ?
काठमाडौं उपत्यका र तराईमा हुस्सु, अन्यत्रको मौसम कस्तो रहला ? बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु लाग्ने भएकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 
हाइड्रोलिकमा समस्या आएपछि चन्द्रागिरि केबलकार अवरुद्ध, १ हजार यात्रु अलपत्र
हाइड्रोलिकमा समस्या आएपछि चन्द्रागिरि केबलकार अवरुद्ध, १ हजार यात्रु अलपत्र ‘केबलकारको हाइड्रोलिकमा समस्या आएपछि चन्द्रागिरि हिल्समा रहेका यात्रुलाई काठमाडौं ल्याउन २ बस र ५ साना गाडी गरी ७ वटा सवारीसाधन पठाइएको छ’, उनले भने, ‘केबलकारको सञ्चालन परीक्षण भइरहेको छ ।’
हिउँ जमेपछि कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध
हिउँ जमेपछि कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध मुगु कर्णाली राजमार्गको सातमोडमा हिउँ जमेपछि सडक अवरुद्ध भएको छ । हिउँ जमेका कारण जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबाहक बस अलपत्र परेका छन् । सडकमा हिउँ र बरफ जमेका कारण बस फसेपछि नेपालगञ्ज जाने यात्रुबीच सडकमै अलपत्र परेका हुन् ।
घट्यो काठमाडौंको न्यूनतम तापक्रम
घट्यो काठमाडौंको न्यूनतम तापक्रम आइतबार काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस थियो।  त्यसअघि शनिबार ५.८ डिग्री सेल्सियस, शुक्रबार ४ डिग्री सेल्सियस, बिहीबार ४.५ डिग्री सेल्सियसम, बुधबार ७.५ डिग्री सेल्सियस, सोमबार र मंगलबार ४.८ डिग्री सेल्सियस मापन भएको थियो।
आज सोमबारे औँसी, बिहानै नबोली स्नान गरिँदै
आज सोमबारे औँसी, बिहानै नबोली स्नान गरिँदै सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइँदै छ ।आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । पौष कृष्ण औँशीका दिन आज परे जस्तै सोमबारे औँशी वर्षमा तीनदेखि चार वटासम्म पर्ने गरेको नेपाल पञ्चाङ्ग निर्णायक...
आज तमु ल्होसार : सार्वजनिक बिदा, राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
आज तमु ल्होसार : सार्वजनिक बिदा, राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ।  तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ। गुरुङ बाहुल्य जिल्ला खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ।
Weather Update