News Griha :: न्यूजगृह
कम्बोडिया, थाइल्याण्डलगायत देशमा जानेलाई सरकारले जारी गर्‍यो ट्राभल एड्भाइजरी
कम्बोडिया, थाइल्याण्डलगायत देशमा जानेलाई सरकारले जारी गर्‍यो ट्राभल एड्भाइजरी सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले सोमबार ट्राभल एड्भाइजरी जारी गर्दै नेपाली नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको हो।
यी प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना, देशभर थप चिसो बढ्ने
यी प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना, देशभर थप चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। साथै सुदूरपश्चिम प्रदेशको थोरै  तथा कर्णाली प्रदेशको एक दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।
हुम्लामा हिमपातहुँदा जनजीवन प्रभावित
हुम्लामा हिमपातहुँदा जनजीवन प्रभावित चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उनले बताए। जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ । 
सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्न थाल्यो
सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्न थाल्यो महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कर्णाली प्रदेशमा पनि फैलिने बताए । यो प्रणाली विस्तारै गण्डकी र लुम्बिनी प्रदेशसम्म आउने उनले जानकारी दिए । पूर्व सर्दै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने देखिने उनले बताए । आज दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जाने लामिछानेले...
रिहा भए निकोलस भुसाल
रिहा भए निकोलस भुसाल आइतबार साँझ काठमाडौंबाट पक्राउ परेका उनलाई सोमबार बिहानै पोखरा लगिएको थियो । उनलाई बाहिरै राखेर अनुसन्धान गर्नेगरी रिहा गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
टायर बालेर, सडक बन्द गरेर जनमत पार्टीले गर्‍यो प्रदर्शन
टायर बालेर, सडक बन्द गरेर जनमत पार्टीले गर्‍यो प्रदर्शन सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीमा टायर बालेर सप्तरीको कन्चनरूपमा प्रदर्शन गर्दै सडक बन्द गरेको छ। जनमतका कार्यकर्ताहरूले सोमबार एक घण्टा सडक बन्द गरेर लाठीसहित प्रदर्शन गरेका हुन्।टायर बालेर सडकमा प्रदर्शन गरेको भिडिओ सीके राउतले सामाजिक सञ्जाल फेसबुक लगायतमा सार्वजनिक पनि गरेका छन्।
चन्द्रागिरिका वडाध्यक्ष सहकारी ठगी आरोपमा पक्राउ
चन्द्रागिरिका वडाध्यक्ष सहकारी ठगी आरोपमा पक्राउ उनीमाथि हरियाली बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको आरोप छ। उनलाई प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। 
भक्तपुरको बालकोटमा बाबुछोरा मृत भेटिए, हत्याको आशंका
भक्तपुरको बालकोटमा बाबुछोरा मृत भेटिए, हत्याको आशंका आइतबार उनीहरूसँगै कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको छ । तर उनी अहिले फरार रहेका छन् । प्रहरीले उनको खोजी सुरु गरेको छ । शवमा चोटपटक समेत भेटिएको र बाहिरबाट ताला समेत लगाइएको उनीहरुको हत्या भएको हुनसक्ने आशंका प्रहरीको छ ।
आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ
आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ यूपी ३२ जेभी ९२०० नम्बरको कारलाई चेकजाँच गर्दा गाडीभित्र राखिएको ज्याकेटको खल्तीबाट सुन फेला परेको कैलाली प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले बताए । उक्त कारमा भारतको पलिया बस्ने ४४ वर्षीय दीपक गुप्ता र ३४ वर्षीय सुमित रहेका थिए । दुवै जनालाई पक्राउ गरिएको एसपी विष्टले बताए ।
महोत्तरी कारागारमा रहेका थुनुवाको मृत्यु
महोत्तरी कारागारमा रहेका थुनुवाको मृत्यु जिल्ला अदालत महोत्तरीको आदेशमा छ महिनादेखि थुनामा रहेका उनलाई आज बिहान स्वास्थ्यमा असजिलो महसुस भएपछि तत्काल जलेश्वर अस्पताल पुर्याइएको थियो । हृदयघातबाट उनको मृत्यु भएको चिकित्सकले जनाएका कारागारका सूचना अधिकारी रविनचन्द्र ठाकुरले जानकारी दिए । 
दुई जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा एकमात्र कर्मचारी
दुई जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा एकमात्र कर्मचारी दुई प्राविधिक सहायक र एक खाद्य अनुसन्धान अधिकृत गरी तीन कर्मचारी दरबन्दी भएपनि खाद्य अनुसन्धान अधिकृत अध्ययन बिदामा र एक प्राविधिक सहायक काजमा दाङ गएपछि हाल एक प्राविधिक सहायक अभिलाषा अर्यालले सबै जिम्मेवारी बहन गर्दै आएकी छन्।
सोमबार रातिदेखि सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षाको सम्भावना
सोमबार रातिदेखि सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षाको सम्भावना सोमबार रातिदेखि हुने वर्षा पनि अघिल्लोपटकको जस्तै हल्का मात्र हुने पूर्वानुमान मौसमविदले गरेका छन् । मौसमविद डा. विनोद पोखरेलका अनुसार सुदूरपश्चिमको तुलनामा कर्णाली प्रदेशमा बढी पानी पर्ने सम्भावना छ । अन्य प्रदेशमा भने छिटपुट वर्षा हुने र बादल मात्र लाग्ने उनले बताए ।
Weather Update