बढ्यो काठमाडौंको न्यूनतम तापक्रमआइतबार, पुस ७, २०८१
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै आइतबार, पुस ७, २०८१ पुस महिनाको पहिलो आइतबार आज भगवान् सूर्यको पूजा आराधना गरिँदै छ । वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ ।
-1708064405.jpg)
कोशी प्रदेशमा हल्का वर्षा, अन्यत्रको मौसम कस्तो रहला ? शनिबार, पुस ६, २०८१ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई, खोँच तथा उपत्यकाका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प शनिबार, पुस ६, २०८१ भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो। भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए। भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन्।

रिहा भए दुर्गा प्रसाईं, भने— हारेको छैन, तस्करसँगको लडाइँ जारी रहन्छ शुक्रबार, पुस ५, २०८१ रिहा भएसँगै उनले सञ्चारकर्मीसँग भनेका छन्, ‘अदालतले मलाई न्याय दिएको छ । सम्पूर्ण साइबर परिवारलाई धन्यवाद ।’ उनले आफू हिरासतमा हुँदा प्रहरीले परिवारको व्यवहार गरेको पनि बताए । साथै, उनले तस्करहरूविरुद्धको लडाईं अझै जारी राख्ने बताए ।

बसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, ११ यात्रु घाइते शुक्रबार, पुस ५, २०८१ घोराही उपमहानगरपालिका–१० गुर्जेखोलास्थित घोराही तुलसीपुर सडकमा तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा१ख ८१६ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको रा५प ६६५४ नं को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक घोराही–१० का ४४ वर्षीय दिलीप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए।

माछा मार्न बिस्फोटक पदार्थ बनाउने क्रममा पड्कँदा एक जनाको मृत्यु शुक्रबार, पुस ५, २०८१ माछा मार्न बिस्फोटक पदार्थ बनाउने क्रममा अचानक पड्कँदा शुक्रबार एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा रुपन्देहीको तिनाउ गाउँपालिका–२ का २८ वर्षीय सुरज सोमै रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुनील मल्लले जानकारी दिए।

रवि र छविविरूद्धको मुद्दा आइतबार, जीबीविरूद्ध थप मुद्दा आज दर्ता गरिँदै शुक्रबार, पुस ५, २०८१ ‘थप अभियोग आजै नै जिल्ला अदालतमा दर्ता गर्छौं, बाँकी पूरक अभियोग आइतबार लैजान्छौं,’ उनले भनिन्। जिल्ला न्यायाधिवक्ता काफ्लेले कुन कुन मुद्दा आज लैजाने र कुन आइतबार लैजाने खुलाउन चाहिनन्।

मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने शुक्रबार, पुस ५, २०८१ नागढुङगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इ. विजय दरइका अनुसार बिहान ११ बजेदेखि दिनको २ बजे सम्म सवारी रोकेर काम गर्न लागिएको हो । उनका अनुसार पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिनेछ ।

दाङमा दुई युवकमाथि धारिलो हतियार प्रहार, एकजना पक्राउ शुक्रबार, पुस ५, २०८१ घाइते दुबैलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङ होममा रेफर गरिएको छ। पुरानो रिसिवीका कारण रसाइली र पुनमाथि उनीहरुले धारिलो हतियार प्रहार गरेको हुन सक्ने प्रहरीको आकलन छ।

कक्षा ९ र १० को रजिस्ट्रेशन शुल्क अनिश्चित, परीक्षा नजिकिएका विद्यार्थीले फारम भर्न पाएनन् बिहीबार, पुस ४, २०८१ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्यवन गर्न शुल्क नउठाउने भनेको छ । तर यसको कार्यान्वयन हुननसक्दा परीक्षा नजिकिएका विद्यार्थीहरूले फारम भर्न समेत पाइरहेका छैनन् ।

घट्यो काठमाडौंको न्यूनतम तापक्रम बिहीबार, पुस ४, २०८१ त्यस्तो भएको छैन भने न्यूनतम तापक्रम स्थिर तथा सामान्य हेरफेर हुने मौसमविदहरूको भनाइ छ। काठमाडौंको अधिकतम तापक्रम बिहीबार पनि अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म रहने पूर्वानुमान छ।

कस्तो हुनेछ आजको मौसम ? बिहीबार, पुस ४, २०८१ जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।