बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं— बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो। भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए। भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन्।
पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन्। भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिन हुन सकेको छैन।
भूकम्पको धक्का सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनी प्रदेशका केही जिल्लामा महसुस भएको जानकारी प्राप्त भएको छ।
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१ ०५:४३