एसईईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइनेबिहीबार, पुस ४, २०८१

उकालो लाग्यो काठमाडौंको न्यूनतम तापक्रम, यस्तो रहनेछ दिनभरको मौसम सोमबार, पुस १, २०८१ त्यसको तुलनामा आइतबार र सोमबार काठमाडौंसहित अन्य भूभागको न्यूनतम तापक्रम केही उकालो लागेको मौसमविद् विनु महर्जनले जानकारी दिइन्। सोमबार बिहान पौने ६ बजेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रहको महर्जनले जानकारी दिइन्।

ईयुको कालो सूचीबाट हटेन नेपाल, सबै वायुसेवा उडानमा अझै प्रतिबन्ध सोमबार, पुस १, २०८१ ईयूले शुक्रबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएका २० वटै वायुसेवा कम्पनीलाई युरोप उडानमा प्रतिबन्ध लगाइएको उल्लेख छ । ईयूले नेपाली उड्डयन क्षेत्रलाई सन् २०१३ देखि यो सूचीमा राख्दै आएको छ ।

मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु आइतबार, मंसिर ३०, २०८१ मोरङमा भएको एक सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ झोराहाटमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा कटहरी गाउँपालिका– १ का २२ वर्षीय आसिक मरिक र उनका बुवा ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
-1734268556.jpg)
ऊर्जा उद्यमी प्रधानविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर, २६ करोड बिगो दाबी आइतबार, मंसिर ३०, २०८१ जिल्ला सरकारी वकिल कार्यालयले ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानविरूद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरेको छ । गएको शुक्रबार २६ करोड ३९ लाख ७९ हजार ४६६ रुपैयाँ बिगो दाबीसहित सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले बताए ।

गोलीकाण्डमा संलग्न तीनजना पक्राउ, २३ वर्षीय युवकको हत्या गरेको आरोप आइतबार, मंसिर ३०, २०८१ सुस्ता गाउँपालिका–२ मुसहर टोल बस्ने २३ वर्षीय रोहन महतोको गोली हानी हत्या गरेको आशङ्कामा प्रहरीले सुस्ता–२ महलबारी बस्ने २२ वर्षीय विशाल मुसहर, सोही स्थानका २१ वर्षीय मोहन थारू र १८ वर्षीय साहिल थारूलाई पक्राउ गरेको थियो ।

नारायणगढ–बुटवल सडक : म्याद थपिएको ४ महिनापछि विस्तारको काम सुरु मंगलबार, मंसिर २५, २०८१ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ। २०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस योजनाको दोस्रोपटक थपिएको म्याद गत साउनमा सकिएको थियो।

एमालेलाई जग्गा दानसम्बन्धी रिटको सुनुवाइ स्थगित मंगलबार, मंसिर २५, २०८१ विपक्षीका कानुन व्यवसायीको तर्फबाट उक्त रिटको सुनुवाइ स्थगित भएको हो। यसअघि आइतबार न्यायाधीशहरू मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा परेको थियो। तर उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको थियो। त्यसअघि मंसिर १८ गते पनि सोही न्यायाधीशहरूको इजलासमा परे पनि हेर्न भ्याएको थिएन।

मधेसमा चिसोले जनजीवन प्रभावित मंगलबार, मंसिर २५, २०८१ चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेसमा जाडो बढेको छ। मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ।

स्वास्थ्य मन्त्रालयले गुनासो सुन्न सञ्चालनमा ल्यायो ‘हेल्लो स्वास्थ्य’ मंगलबार, मंसिर २५, २०८१ यसैगरी ह्वाट्सएप र भाइबर नम्बर ९८५१३३०५९२, मन्त्रालयको फेसबुक तथा एक्स (ट्वीटर): @mohpnep, इमेल hellohealth@mohp.gov.np साथै सोझै मन्त्रालयमा वा हुलाक मार्फत मन्त्रालयमा तपाईंले आफ्नो गुनासो पठाउन सकिने पनि जनाएको छ।

छविलाई पोखराबाट पर्सा लगियो, रविलाई पनि लैजाने तयारी सोमबार, मंसिर २४, २०८१ सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिएको छ।पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पुर्जी जारी भएकाले उनीहरूलाई पर्सा लगिएको हो।

कीर्तिपुरमा मंगलबार सार्वजनिक बिदा सोमबार, मंसिर २४, २०८१ मंगलबारको दिन कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने गर्दछ। त्यसकै अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो।
![हुम्लामा हिमपात [तस्बिरसहित]](https://newsgriha.com/uploads/posts/520X390/himpat_humla_4-1733710423.jpg)
हुम्लामा हिमपात [तस्बिरसहित] सोमबार, मंसिर २४, २०८१ हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ। आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गएरातिदेखि हिमपात सुरु भएको हो।