News Griha :: न्यूजगृह
उकालो लाग्यो काठमाडौंको न्यूनतम तापक्रम, यस्तो रहनेछ दिनभरको मौसम

काठमाडौं— काठमाडौंको न्यूनतम तापक्रम उकालो लाग्न थालेको छ। शनिबार यो वर्षकै कम तापक्रम हुँदा काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन भएको थियो।

त्यसको तुलनामा आइतबार र सोमबार काठमाडौंसहित अन्य भूभागको न्यूनतम तापक्रम केही उकालो लागेको मौसमविद् विनु महर्जनले जानकारी दिइन्।  सोमबार बिहान पौने ६ बजेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रहको महर्जनले जानकारी दिइन्।

यसअघि आइतबार काठमाडौंको न्यूनतम तापक्रम चार डिग्री सेल्सियभन्दा माथि थियो। शनिबारको तुलनामा आइतबार र सोमबार केही कम चिसो महशुस गरिएको छ।

काठमाडौंमा सोमबार अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान रहेको मौसमविद महर्जनले जानकारी दिइन्।

जुम्लामा पनि  शनिबार माइनस ७ डिग्री सेल्सियस थियो। सोमबार माइनस ४.४ डिग्री सेल्सियस मापन भएको छ । आज देशभरको मौसम सफा हुने पनि महाशाको पूर्वानूमान छ। तत्काल वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ।

आज राति र भोलि दिउँसो बदली बढ्ने सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी भूभाग र हिमाली भूभागतिर हल्का हिमपातको सम्भाव रहेको मौसमविद् महर्जनले जानकारी दिइन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, पुस १, २०८१  ०८:००
Weather Update