News Griha :: न्यूजगृह
कीर्तिपुरमा मंगलबार सार्वजनिक बिदा

काठमाडौं — कीर्तिपुर नगरपालिकामा मंगलबार सार्वजनिक बिदा दिइएको छ।

मंगलबारको दिन कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने गर्दछ। त्यसकै अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो।

नगरपालिकाको आइतबार बसेको २३ गतेको बैठकले मंगलबार नगरपालिकामा बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १०:५४
Weather Update