News Griha :: न्यूजगृह
ईयुको कालो सूचीबाट हटेन नेपाल, सबै वायुसेवा उडानमा अझै प्रतिबन्ध

काठमाडौं— युरोपियन युनियन (ईयू) को युरोपेली आयोगले नेपालको हवाई क्षेत्रलाई कालो सूचीमा कायमै राखेको छ । ईयूले नेपालका सबै वायुसेवा कम्पनीलाई आफ्नो आकाशमा उडान गर्न प्रतिबन्ध कायमै राखेको हो ।

ईयूले शुक्रबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएका २० वटै वायुसेवा कम्पनीलाई युरोप उडानमा प्रतिबन्ध लगाइएको उल्लेख छ । ईयूले नेपाली उड्डयन क्षेत्रलाई सन् २०१३ देखि यो सूचीमा राख्दै आएको छ । 

ईयूको प्रतिबन्ध कायमै रहेकोले अझै नेपाली जहाज युरोपको आकाशमा उड्न पाउनेछैनन् ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, पुस १, २०८१  ०७:२७
Weather Update