News Griha :: न्यूजगृह
६ किलो कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केन्याली महिला पक्राउ
६ किलो कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केन्याली महिला पक्राउ सशस्त्र प्रहरी बल नेपाल विमानस्थल भन्सार सुरक्षा बेस र विमानस्थल भन्सार कार्यालयको संयुक्त जाँचका क्रममा हाते झोलाभित्रको खेलौनामा लुकाएर ल्याइएको ६ किलो आठ सय ४० ग्राम कोकिनसहित केन्याली महिला छिलियन केरुबो ओगिटो पक्राउ परेकी हुन्।
अवैध ढंगले भित्र्याइँदै गरेका आईफोन बरामद
अवैध ढंगले भित्र्याइँदै गरेका आईफोन बरामद झापा गाउँपालिका–४ पन्थपाडाको सशस्त्र टोलीले आइतबार ती आईफोन बरामद गरेको हो। भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३७ जेड ८१०१ नम्बरको भारतीय मोटरसाइकललाई शंका लागेर जाँच गर्दा उक्त सामान फेला परेको थियो।
पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरूद्ध सर्वोच्चमा परेको रिट दरपीठ
पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरूद्ध सर्वोच्चमा परेको रिट दरपीठ कोशी प्रदेशका पूर्वमन्त्री एवं नेकपा (एमाले) का सांसद लिलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिट दरपीठ भएको छ।सर्वोच्च अदालतका रजिष्ट्रारले आइतबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको रिट दरपीठ गरेका हुन्।
दोस्रो दिन पनि सकिएन रविको बयान, भोलि फेरि सरकारी वकिलसमक्ष लगिने
दोस्रो दिन पनि सकिएन रविको बयान, भोलि फेरि सरकारी वकिलसमक्ष लगिने जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा दिनभर चलेको बयानको कार्य नसकिएपछि उनलाई पुनः प्रहरी हिरासतमा फर्काइएको छ। भोलि फेरि बयानका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए। यसअघि रविसँग शुक्रबार पनि बयान लिइएको थियो।
बसको ठक्करबाट एक जनाको मृत्यु
बसको ठक्करबाट एक जनाको मृत्यु भेरी नगरपालिका-१ रावतगाउँ नजिकै महरलाई बसले ठक्कर दिएको थियो। दुर्घटनापछि उनलाई उपचारकालागि जिल्ला अस्पताल ल्याइएपनि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी पुरूषोत्तमप्रसाद पाण्डेले बताए।
बोरामा शव भेटिएकी महिलाको हत्या आशंकामा ३ जना पक्राउ
बोरामा शव भेटिएकी महिलाको हत्या आशंकामा ३ जना पक्राउ शुक्रबार जिल्ला प्रहरी कार्यालयले जनकनन्दिनी गाउँपालिका-३ बस्ने २२ वर्षीय रामललित खत्वे मण्डल, सोही ठाउँका २० वर्षीय ज्ञानेन्द्र दास र सहिदनगर नगरपालिका-८ नाथपट्टी बस्ने २४ वर्षीय रमेशकुमार मण्डललाई प्रहरीले सार्वजनिक गरेको हो।
यस्तो छ आजको मौसम
यस्तो छ आजको मौसम देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
मकवानपुरमा दुई जनाको मृत्यु
मकवानपुरमा दुई जनाको मृत्यु मकवानपुरमा आज बिहान दुईवटा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। भुईंमा लत्रिएको तारबाट करेन्ट लागेर र अटो रिक्साको ठक्करबाट एक–एक जनाको मृत्यु भएको हो।
सरकारी वकिल कार्यालयमा रविको बयान जारी
सरकारी वकिल कार्यालयमा रविको बयान जारी सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि आज बिहान उपस्थित गराइएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई बिहीबार बेलुका बयानका लागि काठमाडौं ल्याइएको थियो।
दुर्घटनामा ससुराको मृत्यु, बुहारीसहित तीन घाइते
दुर्घटनामा ससुराको मृत्यु, बुहारीसहित तीन घाइते इटहरी १३ खनारस्थित कालीमन्दिर अगाडी उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०५६ प ७५५६ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तर आएर बाटो क्रस गर्दै गरेको मे ४ प ८९१ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो।
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ चार जना बालिकालाई पैदलयात्रामार्फत नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो।
रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै
रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बिहीबार काठमाडौं ल्याइँदै छ।स्रोतका अनुसार सभापति लामिछानेलाई बिहीबार साँझ ५ बजे बुद्ध एअरको जहाजबाट काठमाडौं ल्याउन लागिएको हो।
Weather Update