प्रधानमन्त्री ओलीका बुबा बिरामी, उपचार हुँदैशनिबार, मंसिर ८, २०८१
-1717146257.jpg)
राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा शनिबार, मंसिर ८, २०८१ आन्तरिक राजस्व कार्यालयमा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ। कार्यालयमा चार महिनादेखि कार्यालय प्रमुख नभएको र दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाह पनि प्रभावित भएको छ।

विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियारले गर्यो सर्वोच्चमा पुनरावेदन शनिबार, मंसिर ८, २०८१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मुद्दाका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

रवि र छविसहित १० जनाविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी शुक्रबार, मंसिर ७, २०८१ चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालले आज उनीसहित १० जनाविरुद्ध पक्राउका लागि प्रहरीलाई अनुमति दिएका चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए।

कालीकोटबाट टीकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटना शुक्रबार, मंसिर ७, २०८१ बसमा कति यात्रु सवार थिए भन्ने खुलिनसकेको र विवरण संकलनको कार्य भइरहेको छ। प्रहरीका अनुसार बस भित्तामा ठोकिएको अवस्थामा छ। दुर्घटनाको कारण खुलिसकेको छैन।

विदेश पठाउने बहानामा ५ युवतीलाई बेचविखन गर्न लागेको आरोपमा युवक पक्राउ शुक्रबार, मंसिर ७, २०८१ थिङलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले पक्राउ गरेको हो। उनले गाउँका ५ युवतीलाई ललाइफकाई भारत पुर्याएर बेच्न लागेको पाइएको चितवनका एसपी गौतम मिश्रले बताए। उनका अनुसार नारायणगढबाट भारत लैजान सुनौली जाने बस चढाउन लागेका बेला थिङ पक्राउ परेका हुन्।

लेकबाट बेसी झर्न थाले भेडाका बथान बिहीबार, मंसिर ६, २०८१ भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका निमित्त कार्यालय प्रमुख डा सुनिल न्यौपानेका अनुसार जिल्लामा साना ठूला गरेर ३०० भन्दा बढी घुम्ती भेडीगोठ रहेका छन्। ती सबै लेकबाट बेँसी झर्न थालेका छन्। सिउरुङ, घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायतका ग्रामीण क्षेत्रमा भेडीगोठ...

यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बिहीबार, मंसिर ६, २०८१ आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बालकुमारीमा आगलागी : फार्मेसी, जुम्बा डान्स सेन्टर र पसल नष्ट बिहीबार, मंसिर ६, २०८१ स्वाभिमान श्रेष्ठको दुई तले घरमा विद्युत् चुहावट भएर गएराति आगलागी भएको थियो। आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गरेको ‘डगेरा फार्मेसी’ जलेर नष्ट भएको ललितपुर प्रहरीले जनाएको छ।

भारतीय सेनाध्यक्ष द्विवेदी आज आउँदै बुधबार, मंसिर ५, २०८१ भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज पाँच दिने नेपाल भ्रमणमा आउँदै छन्। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले त्यसअवसरमा उनलाई भोलि नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सुस्तामा ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु बुधबार, मंसिर ५, २०८१ सुस्ता गाउँपालिका वडा नम्बर १ बरुवा स्थित भित्री सडक खण्डमा बर्दघाटबाट त्रिवेणी तर्फ जाँदै गरेको लु २ ख ८९३ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको साइकल यात्री लाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाको छ।

डडेलधुरा जीप दुर्घटना : मृतकको पहिचान खुल्यो बुधबार, मंसिर ५, २०८१ जिल्ला प्रहरी कार्यालयका डडेलधुराका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार मृत्यु हुनेमा परशुराम नगरपालिका–९ सल्लेटाकी ४० वर्षीया मोतिदेवी सार्की र आलीताल गाउँपालिका–७ की ३८ वर्षीया धनादेवी बुढा रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।

काठमाडौंमा १० डिग्री सेल्सियसबाट तल ओर्लियो तापक्रम मंगलबार, मंसिर ४, २०८१ सोमबार १०.५ डिग्री सेल्सियस मापन भएकामा आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेर ९.९ डिग्री सेल्सियस मापन भएको हो।