News Griha :: न्यूजगृह
आज मंगल चौथी, भगवान् गणेशको आराधना गर्ने दिन
आज मंगल चौथी, भगवान् गणेशको आराधना गर्ने दिन चौथीकै दिन गणेशजीको जन्म भएको पुराणमा उल्लेख छ। यस्तै मंगलबारका स्वामी पनि गणेश नै मानिएका छन्। त्यसैले पनि तिथि र बारको संयोग भएको यो दिन उनको आराधनाका लागि उपयुक्त मानिन्छ।
कालीगण्डकी करिडोरअन्तर्गत मालढुंगा–बेनी सडक आजदेखि दैनिक ६ घण्टा बन्द
कालीगण्डकी करिडोरअन्तर्गत मालढुंगा–बेनी सडक आजदेखि दैनिक ६ घण्टा बन्द  कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगा–बेनी सडकखण्ड आजबाट ८ दिनसम्म दैनिक ६ घण्टा बन्द गरिने भएको छ। सडक कालोपत्र र स्तरोन्नतिका लागि आज मंसिर ४ गतेदेखि मंसिर ११ गतेसम्म दैनिक ६ घण्टा बन्द गर्न लागिएको हो।
गलकोटका सबै बस्तीमा पुग्यो सडक, थप ट्रयाक खोल्न बन्द
गलकोटका सबै बस्तीमा पुग्यो सडक, थप ट्रयाक खोल्न बन्द नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिका स्थापना हुनुपूर्व गलकोटमा तीन सय ३० किलोमिटर ग्रामीण सडक निर्माण भएको भन्दै आफूहरू निर्वाचित भएर आएपछि करिब दुई सय २० किमि बढी सडक निर्माण भइसकेको जानकारी दिए। उनका अनुसार पालिकाभरि नयाँ तथा पुराना गरी पाँच सय ५० किमि ग्रामीण सडक रहेका छन्।
आज यी दुई प्रदेशमा वर्षाको सम्भावना
आज यी दुई प्रदेशमा वर्षाको सम्भावना आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
भीरबाट लडेर एक जनाको मृत्यु
भीरबाट लडेर एक जनाको मृत्यु सिलिचोङ–३ खङ्वा खोला नजिकै तेवा भीरबाट लडेर स्थानीय राजन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।
नेपाल प्रहरीमा चिकित्सकतर्फ ३ जना डीआईजी बढुवा सिफारिस
नेपाल प्रहरीमा चिकित्सकतर्फ ३ जना डीआईजी बढुवा सिफारिस गृह मन्त्रालयको बढुवा समितिको सचिवालयका अनुसार डा दामोदर पौडेल, डा मनोज कुमार यादव र डा संजिता दाहाल (घिमिरे) डीआईजी पदमा बढुवा सिफारिस भएका हुन्।
देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव, कस्तो रहला आजको मौसम?
देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव, कस्तो रहला आजको मौसम? देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
दमननाथ ढुंगानाको अन्तिम संस्कारबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै  
दमननाथ ढुंगानाको अन्तिम संस्कारबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै   कलेजो रोगको उपचारका क्रममा ढुंगानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा आइतबार दिउँसो निधन भएको थियो। आइतबारै सभामुख देवराज घिमिरेले ढुंगानाको अन्त्येष्‍टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
बसको ठक्करबाट किशोरीको मृत्यु भएपछि सुनसरीको खनार तनावग्रस्त
बसको ठक्करबाट किशोरीको मृत्यु भएपछि सुनसरीको खनार तनावग्रस्त इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको नागरिक यातायातको बसले ठक्कर दिँदा स्थानीय सम्झना यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी इटहरी–९ स्थित जनता माध्यमिक विद्यालयकी कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन्।
कमला नदीमा बेपत्ता ३ बालकको शव भेटियो
कमला नदीमा बेपत्ता ३ बालकको शव भेटियो सिरहाको बसविट्टास्थित कमला नदीमा नुहाउने क्रममा शुक्रबार बेपत्ता भएका सिरहा नगरपालिका– १५ बुधौराका १४ वर्षीय अभिषेक यादवको शव आइतबार फेला परेको छ।
तनहुँमा बस आपसमा ठोक्किदा चालकको मृत्यु, ३० जना घाइते
तनहुँमा बस आपसमा ठोक्किदा चालकको मृत्यु, ३० जना घाइते जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाका अनुसार गण्डकी जीएए ००७० नम्बरको बस र भे १ ख ३४८७ नम्बरको बस आपसमा ठोक्किएका हुन्।
यी दुई प्रदेशमा वर्षाको सम्भावना
यी दुई प्रदेशमा वर्षाको सम्भावना देशको तराई भूभागका केही स्थानहरूमा बाक्लो हुस्सु लागेको अवस्था छ। आज दिउँसो  कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा  आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
Weather Update