मेक्सिको र ग्वाटेमालाको सिमानामा मारिए नेपालीसहित ६ जनाबिहीबार, असोज १७, २०८१
गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो बिहीबार, असोज १७, २०८१ यहाँ जमरा राखेपछि मात्र देशभरका हिन्दु धर्मावलम्बीले घरघरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ। प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित कालो बोकाको बलि दिने प्रचलन छ। बडादसैँमा टीकासँगै जमरा लगाउँदा शुभ हुने धार्मिक विश्वास पाइन्छ। घटस्थापनाको दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउने गरिन्छ।
२४ घण्टामा १० हजार ३७० सवारिसाधन उपत्यका भित्रिए, ११ हजार २२१ बाहिरिए बिहीबार, असोज १७, २०८१ बिहीबार बिहान ८ बजेसम्मको ट्राफिक प्रहरीको विवरणअनुसार, उक्त अवधिमा काठमाडौं उपत्यकाबाट ११ हजार २२१ सवारिसाधन बाहिरिएका छन्।
१५ वर्षीया गर्भवतीको हेलिकप्टरबाट उद्धार बिहीबार, असोज १७, २०८१ जिल्लाको बूढीनन्दा नगरपालिका–९ की १५ वर्षीया किशोरीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।
इलाम, झापा, मोरङ र सुनसरीमा धेरै वर्षा, सतर्क रहन आग्रह बिहीबार, असोज १७, २०८१ साथै पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र आसपासका जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान गरिएको छ। यी क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
बारका अध्यक्षविरुद्धको मुद्दा फिर्ता लिने उपरजिष्ट्रार घिमिरेको घोषणा बिहीबार, असोज १७, २०८१ सर्वोच्च अदालत प्रशासनले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलनाको मुद्दा फिर्ता लिने भएको छ। उपरजिष्ट्रार गोविन्द घिमिरेले सामाजिक सञ्जालबाट मुद्दा फिर्ता लिने बताएका हुन्।
हनुमन्ते खोलामा जलसतह बढ्दो, सतर्कता अपनाउन आग्रह बिहीबार, असोज १७, २०८१ काठमाडौं उपत्यकासहित बागमती, कोशी र गण्डकी प्रदेशमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार भक्तपुर जिल्लास्थित हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह नजिक पुगेको छ।
दसैँको टीकाको साइत असोज २६ गते ११:३६ बजे बिहीबार, असोज १७, २०८१ असोज २६ गते देवी विसर्जनको साइत बिहान ८:३३ बजे रहेको समितिले जनाएको छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११:३६ बजेको उत्तम छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ।
पछिल्लो २४ घण्टामा काठमाडौंसहित यी ६ स्थानमा भयो भारी वर्षा बिहीबार, असोज १७, २०८१ मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहान गरेको अपडेटअनुसार गत २४ घण्टामा सिन्धुपाल्चोकका २, मोरङका २, इलाम र पाँचथरका एक/एक स्थानमा भारी (५० मिलिमिटरभन्दा बढी) वर्षा भएको हो। यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौंका पनि २ स्थानमा झन्डै भारी वर्षा भएको छ।
जलसतह घट्दै जाँदा कोशी ब्यारेजमा चहलपहल बिहीबार, असोज १७, २०८१ सप्तरी र सुनसरीको सिमानामा रहेको कोशी नदीमा जलसतह घट्दै जाँदा चहलपहल बढेको छ।
काठमाडौंमा बिहानैदेखि वर्षा, आज रातिभन्दा दिउँसो धेरै वर्षा हुने बिहीबार, असोज १७, २०८१ देशका केही भूभागमा आज वर्षाको सम्भावना छ। केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। रातिभन्दा दिउँसो धेरै वर्षाको सम्भावना छ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।
कोशी प्रदेशका राज्यमन्त्रीमाथि लुटपाटको प्रयास बुधबार, असोज १६, २०८१ कोशी प्रदेशको राज्यमन्त्री सृजना राईमाथि लुटपाटको प्रयास भएको छ। उदयपुरको बेलका नगरपालिका– ८ स्थिति सिरवानी भन्ने स्थानमा मंगलबार राति लुटपाटको प्रयास भएको हो।
ललितपुरको बालकुमारीमा पुरुषको शव भेटियो बुधबार, असोज १६, २०८१ ललितपुरको बालकुमारीमा बुधबार साँझ एक पुरुषको शव फेला परेको छ।मनोहरा खोला किनारमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।