News Griha :: न्यूजगृह
हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइदैन, बेखबर मन्त्री!
हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइदैन, बेखबर मन्त्री! बाढीपहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरूले अन्य समयको भन्दा भाडा बढाएका छन्। एकातिर हवाई कम्पनीले अन्य समयको भन्दा बढी भाडा लिएका छन् भने अर्को तर्फ यात्रुले हवाई टिकट पाएका छैनन्। महङ्गोमा टिकट किन्न तयार हुँदा पनि टिकट नपाइएको हवाई यात्रुको गुनासो रहेको छ। 
स्याङ्जामा घन प्रहार गरी एकजनाको हत्या
स्याङ्जामा घन प्रहार गरी एकजनाको हत्या थापाले घरमा आरनमा फलामको काम गरिरहेका ५८ वर्षीय प्रेमबहादुर कामीलाई घनले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए।
समोसामा कीरा भेटिएपछि २० हजार जरिवाना
समोसामा कीरा भेटिएपछि २० हजार जरिवाना ग्राहकको स्वास्थ्यमाथि पटकपटक खेलवाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले २० हजार जरिवाना गरेको छ। 
सबै संयन्त्रलाई ‘हाई अलर्ट’ रहन गृहमन्त्रीको निर्देशन
सबै संयन्त्रलाई ‘हाई अलर्ट’ रहन गृहमन्त्रीको निर्देशन गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरे।
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, विज्ञ भन्छन्– आत्तिनु पर्दैन
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, विज्ञ भन्छन्– आत्तिनु पर्दैन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका  विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ। तर अविरल वर्षाको सम्भावना नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको महाशाखाको भनाइ छ।
बाढीपहिरोमा परी २२८ जनाको मृत्यु
बाढीपहिरोमा परी २२८ जनाको मृत्यु हालैको बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन्। अन्य एक सय ५८ जना घाइते छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ।
सुनसरीमा बिहानैदेखि अधिक वर्षा, सतर्क रहन आग्रह
सुनसरीमा बिहानैदेखि अधिक वर्षा, सतर्क रहन आग्रह निरन्तर ठूलो वर्षाको सम्भावना रहेकोले सो क्षेत्र भई बहने सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया खोला लगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको जोखिम रहेको विभागले बताएको छ।
सकियो सोह्रश्राद्ध, श्राद्ध रोकिएको भए के गर्ने?
सकियो सोह्रश्राद्ध, श्राद्ध रोकिएको भए के गर्ने? सोह्रश्राद्धको अन्तिम दिन आजलाई औँसी श्राद्ध पनि गरिन्छ। पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ।
पहिले काटेका टिकट कायमै, अब बाटोको सुनिश्चितता हेरेर मात्र थप अग्रिम टिकट बिक्री हुने
पहिले काटेका टिकट कायमै, अब बाटोको सुनिश्चितता हेरेर मात्र थप अग्रिम टिकट बिक्री हुने दसैँ लक्षित गरी काटिएका अग्रिम टिकट कायमै रहने भएका छन्। अब नयाँ अग्रिम टिकट भने बाटोको सुनिश्चितता हेरेर मात्र काट्ने निर्णय सरोकारवालाको बैठकले गरेको छ।
बाढीपहिरो र डुबानबाट २२६ को मृत्यु, २५ जना बेपत्ता
बाढीपहिरो र डुबानबाट २२६ को मृत्यु, २५ जना बेपत्ता मङ्गलबार ६ बजेसम्मको तथ्याङ्कअनुसार सुरक्षाकर्मीले १३ हजार ६१ जनाभन्दा बढीको उद्धार गरेका छन्। यस्तै प्राकृतिक विपदमा १५९ जना घाइते भएको प्रहरीले जनाएको छ।
त्रिभुवन विमानस्थलबाट क्रोएसिया जाने तयारीमा रहेका १५ बंगलादेशी नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट क्रोएसिया जाने तयारीमा रहेका १५ बंगलादेशी नागरिक पक्राउ पक्राउ परेकाहरुलाई अध्यागमन विभागले सोधपुछ गरी उनीहरु बसेकै होटल सञ्चालकको जिम्मामा छोडेको छ। यो सँगै बंगलादेशी नागरिक नेपाल आउने र एजेन्टमार्फत भारतबाट भिसा प्रक्रिया पूरा गरेर पुनः नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट क्रोएसिया जाने गरेको तथ्य खुलेको छ।
रिहा भएपछि दुर्गा प्रसाईंले के भने? 
रिहा भएपछि दुर्गा प्रसाईंले के भने?  विकृति, विसङ्गति र नालायक जन्मिएपछि अदालतले आमाको भूमिका गर्नुपर्ने आफूलाई लागेको भन्दै जिल्ला अदालतले सो भूमिका निर्वाह गरेको उनले बताए।
Weather Update