सहकारीको रकम अपचलन: छविलाल जोशीको बयान सकियोआइतबार, असोज १३, २०८१
खोलाले बगाउँदा युवतीको मृत्यु आइतबार, असोज १३, २०८१ जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीका अनुसार तामाङको खेतमा काम गरेर घर फर्कने क्रममा ओडारे खोलाले बगाउँदा शनिबार मृत्यु भएको हो।
हात्तीको आक्रमणबाट कञ्चनपुरमा एकको मृत्यु आइतबार, असोज १३, २०८१ हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय रामदल रानाको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन् ।
आज पनि मुलुकका केही ठाउँमा वर्षा हुने, सोमबार साँझदेखि मौसममा सुधार आउने आइतबार, असोज १३, २०८१ देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
त्रिविको परीक्षा स्थगित शनिबार, असोज १२, २०८१ त्रिविले आज सूचना जारी गरी यही असोज १० गतेदेखि सञ्चालनमा रहेको मानविकी, शिक्षाशास्त्र तथा व्यवस्थापन सङ्काय विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातक तह दोस्रो वर्ष २०८०, आंशिकतर्फको बिए, बीएड, बीबीएस र बी.एस्सीको आइतबार हुने परीक्षा स्थगित गरेको छ ।
आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न सरकारको आग्रह शनिबार, असोज १२, २०८१ सरकारले भोलि आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।
आज बेलुकादेखि वर्षा मत्थर हुँदै जाने शनिबार, असोज १२, २०८१ तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने जानकारी दिए।
भक्तपुर पूरै डुबानमा, ५ जना बेपत्ता शनिबार, असोज १२, २०८१ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीका अनुसार ठिमीमा पहिरोले चार जना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका हुन्। उनीहरुको नाम ठेगाना नखुलेको र खोजीकार्य जारी रहेको उनले बताए।
ललितपुर नखिपोटमा खोलाले बगाउँदा चार जना बेपत्ता शनिबार, असोज १२, २०८१ सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा नाम र वतन नखुलेका दुई पुरुष, एक महिला र एक बालक रहेका छन्।
बाढीपहिरोमा परी ६ जनाको मृत्यु शनिबार, असोज १२, २०८१ प्रहरी प्रवक्ता कार्कीका अनुसार एक सय ५० भन्दाबढी स्थानमा बाढीपहिरोलगायत विपद्का घटना भएका छन्। २८ स्थानमा प्रायः सबै राजमार्ग, मुख्य सडकमार्गहरु अवरुद्ध छन्। अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए ।
केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै शनिबार, असोज १२, २०८१ दुई दिनदेखिको अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएपछि राहत तथा उद्धार व्यवस्थापन तथा थप कार्ययोजना तय गर्न गृहमन्त्री रमेश लेखकले बैठक बोलाएका हुन्
बल्खु खोलामा एकजनाको शव भेटियो शनिबार, असोज १२, २०८१ काठमाडौंको बल्खु खोला किनारमा एउटा शव फेला परेको छ। शवको सनाखत भएको छैन।स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरी पुगेर शवको पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ।
कुलेखानी जलाशय भरियो, २ वटा गेट आंशिक खोलियो शनिबार, असोज १२, २०८१ अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएको छ ।जलाशयमा पानीको सतह बढी भएर पानी ‘स्पिल वे’बाट बाहिर जान थालेपछी शनिबार बिहान ५:४५ बजेबाट बाँधमा रहेका दुईवटा ढोका (गेट) आंशिक रुपमा खोलिएको छ ।