पहिरोले पृथ्वीराजमार्ग अवरुद्धशनिबार, असोज १२, २०८१
त्रिशूली नदीले ३ टिपर र २ एक्साभेटर बगायो शनिबार, असोज १२, २०८१ त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिपर बगाएको छ।
कुलेखानी जलसतहको सतर्कता तह पार, बाँध खोल्ने तयारी शनिबार, असोज १२, २०८१ मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशयले निरन्तरताको वर्षाका कारण सतर्कता तह पार गरेको छ। कुलेखानी जलविद्युत् आयोजनाका प्रमुख तारादत्त भट्टका अनुसार कुलेखानीमा हाल १ हजार ५३०.२८ मिटर पानीको सतह मापन गरिएको छ।
आइतबारसम्मै देशभर निरन्तर वर्षाको सम्भावना शनिबार, असोज १२, २०८१ शुक्रबार बिहानदेखिको निरन्तर वर्षाले मुलुकभर जनजीवन प्रभावित भएको छ। दसैँको चहलपहल सुरु भइसकेका बेला देशभर एकसाथ वर्षा भएपछि मानिसको आवागमन प्रभावित भएको छ। देशका विभिन्न भागमा बाढीपहिरो र डुबानको त्रास बढेको छ।
नागढुङ्गाको नागमन्दिरमा पहिरो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध शनिबार, असोज १२, २०८१ नागढुङ्गा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्णरूपमा अवरुद्ध भएको छ भने उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन्।
निरन्तर वर्षाः पूर्वमा अरुणदेखि पश्चिममा बाणगङ्गासम्मका नदीमा उर्लियो बाढी शनिबार, असोज १२, २०८१ अहिले पनि ती सबै नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी २४ घण्टा थप भारी वर्षाको पूर्वानुमान गरिएको जनाइएको छ। विभागले निरन्तर वर्षा भइरहेकाले अनावश्यक यात्रामा ननिस्कन र सुरक्षित रहन समेत सबैलाई आग्रह गरेको छ।
किष्ट अस्पतालमा पस्यो कर्मनाशाको पानी, बिरामी सुरक्षित स्थानमा शनिबार, असोज १२, २०८१ ललितपुरको किष्ट अस्पतालको पर्खाल भत्किएपछि स्थानीय कर्मनाशा खोलाको पानी अस्पताल परिसरमा पसेको छ। स्थानीय प्रहरीका अनुसार अस्पतालको तल्लो तलामा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारिएको छ।
वनस्थलीको नालीमा मोटरसाइकल खस्दा बेपत्ता हुने सिन्धुपाल्चोकका राजन श्रेष्ठ, खोजी जारी [अपडेट] शुक्रबार, असोज ११, २०८१ काठमाडौंको वनस्थलीस्थित अन्नपूर्ण चोकमा एउटा मोटरसाइकल नालीमा खसेको छ। बागमती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकल नालीमा खसेको हो।
सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस शुक्रबार, असोज ११, २०८१ शुक्रबार बसेको परिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो।
बीपी राजमार्ग एकतर्फी सञ्चालन शुक्रबार, असोज ११, २०८१ बिहीबार बेलुकादेखि परेको अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चारसयबेंसीमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ।
दसैँ–तिहारमा काठमाडौंमा ३ हजार ७६५ प्रहरी परिचालन शुक्रबार, असोज ११, २०८१ दसैँ, तिहार र छठ पर्वमा कम्तीमा २० प्रकारका सुरक्षा चुनौती हुनसक्ने प्रहरीको आकलन छ। लुटपाट, चोरी तथा स्न्याचिङ, डकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, आगजनी तथा विस्फोट र महँगो भाडा असुली जस्ता अपराध हुनसक्ने प्रहरीको आकलन छ।
पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौं जाने बाटो बन्द शुक्रबार, असोज ११, २०८१ स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालयका प्राविधिकले पहिरो पन्छाउने प्रयास गरिरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले काठमाडौंबाट हेटौँडा आउने र हेटौँडाबाट फाखेल हुँदै काठमाडौं जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
लेदोसहितको पहिरोले बीपी राजमार्ग अवरुद्ध शुक्रबार, असोज ११, २०८१ बिहान ८ बजेदेखि अवरुद्ध राजमार्ग खुलाउन गाउँपालिका र प्रहरीले प्रयास गरे पनि निरन्तरको पानीले लेदो आउने क्रम नरोकिएको रोशी गाउपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए।