लोक गायक नारायण रायमाझीलाई मातृशोकशुक्रबार, असोज ११, २०८१
कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र शुक्रबार, असोज ११, २०८१ जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो। बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गगत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो।
हिमाली तथा पहाडी जिल्लामा आज र भोलि रात्रिबस नचल्ने शुक्रबार, असोज ११, २०८१ राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज (शुक्रबार)र भोलि (शनिबार) रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ।
पाँच जिल्लामा धेरै भारी वर्षा, २४घण्टामा कहाँ कति पर्यो पानी? शुक्रबार, असोज ११, २०८१ पछिल्लो २४ घण्टामा पाँच जिल्लामा भारी वर्षा मापन भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलाम, सप्तरी, मोरङ, झापा र कैलालीमा चौबीस घण्टामा १०० मिलिमिटरभन्दा बढी पानी परेको हो।
सातै प्रदेशमा भारी र यी ४ प्रदेशमा धेरै भारी वर्षा हुने सम्भावना शुक्रबार, असोज ११, २०८१ देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।सो प्रणालीको प्रभावका कारण शुक्रबार बिहान देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
स्वाट्टै घट्यो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम बिहीबार, असोज १०, २०८१ मंगलबारदेखि घट्न थालेको उपत्यकाको अधिकतम तापक्रम आज (बिहीबार) २५.५ डिग्री सेल्सियसमा झरेको हो। हिजो अर्थात् बुधबार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २९ डिग्री सेल्सियस थियो भने मंगलबार पनि यत्ति नै थियो।
सर्लाहीमा गोली चल्यो, महिलाको मृत्यु, एक जना घाइते बिहीबार, असोज १०, २०८१ सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा गोली चल्दा एक महिलाको मृत्यु भएको छ। अर्का एक जना घाइते छन्। गोली हान्ने व्यक्तिको नाम भने प्रहरीले खुलाएको छैन।
पहिरोले कान्ति लोकपथ अवरुद्ध बिहीबार, असोज १०, २०८१ मकवानपुरको बकैया गाउँपालिका– १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नागरिक उड्डयन कार्यालयले भन्यो– चङ्गा, ड्रोन र बेलुन नउडाउनु बिहीबार, असोज १०, २०८१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाइएको छ। ती क्षेत्रमा लेजर लाइट समेत प्रयोग गर्न प्रतिबन्ध छ।
पाक्नै लागेको धान धमाधम जंगली हात्तीले खान थालेपछि... बिहीबार, असोज १०, २०८१ शुक्लाफाँटा नगरपालिका–५ का दुई बस्तीमा जंगली हात्तीले पाक्नै लागेको धानबाली खान थालेपछी कृषक मारमा परेका छन्। एक साता अघिदेखि हात्तीको बथान गर्जमुनी र खजुवा बस्तीका किसानको खेतबारीमा छिर्ने गरेको र तीन बिघामा लगाइएको धानबाली खाएर सखाप पारेको स्थानीय किसान प्रतापसिंह रतोकीले बताए।
आज कहाँकहाँ छ भारीदेखि अति भारी वर्षाको सम्भावन? बिहीबार, असोज १०, २०८१ जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम पुनः सक्रिय हुने बताएको छ। आजदेखि आइतबारसम्म ५६ जिल्लामा भारीदेखि अतिभारीसम्मको वर्षाको पूर्वानुमान विभागले गरेको हो।
आशिका तामाङलाई पक्राउ गर्न सूर्यविनायक नगरपालिकाको माग, के हो घटना? बुधबार, असोज ९, २०८१ सूर्यविनायक नगरपालिकाले वडा नं ९ र १० को सिमानामा अवस्थित झोलुङ्गे पुलमा अराजक गतिविधि गर्ने आशिका तामाङलाई पक्राउगरी कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको छ।
वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ बुधबार, असोज ९, २०८१ पक्राउपर्नेमा औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलीप मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए। जिल्ला प्रहरी कार्यालयले उनीहरु उपर कर्तव्य ज्यान मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको छ।