News Griha :: न्यूजगृह
धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति
धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति यस वर्षको शरद् याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन्। विश्वको सातौँ अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । 
आजदेखि मिथिलाञ्चलमा जितिया पर्व सुरु
आजदेखि मिथिलाञ्चलमा जितिया पर्व सुरु सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ।
किरिया बसेका व्यक्ति बलात्कार आरोपमा पक्राउ
किरिया बसेका व्यक्ति बलात्कार आरोपमा पक्राउ डोटीमा आमाको किरिया बसेका एक जना व्यक्ति बलात्कार आरोपमा पक्राउ परेका छन्।आदर्श गाउँपालिका–६ का ३८ वर्षीय लाल रैकाललाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए।
यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना देशभर मनसुनी वायुको प्रभाव कायमै छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। यसको अर्थ मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा पर छ। मनसुनको सिजनमा उत्तर दक्षिण सरिरहेन न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सर्दा नेपालमा लगातार पानी पर्ने सम्भावना रहँदैन।
मङ्गलबारदेखि लगातार वर्षाको सम्भावना
मङ्गलबारदेखि लगातार वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले मङ्गलबारदेखि वर्षा हुने पूर्वानुमान गरेको छ। मौसम विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले यो वर्ष दसैँसम्म पानी पर्ने सम्भावना रहेको जानकारी दिइन्।
हुम्लाबाहेक देशभर डेङ्गु सङ्क्रमण
हुम्लाबाहेक देशभर डेङ्गु सङ्क्रमण हुम्लाबाहेक देशभर डेङ्गु रोगको सङ्क्रमण देखिएको छ।डेङ्गु सङ्क्रमणको जोखिम असोज महिनाभर हुने बताइएको छ।इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले असोजसम्म पानी पर्ने भएकाले डेङ्गुको जोखिम हुने बताए।
रामेछापमा जीप दुर्घटना, एकको मृत्यु, छ घाइते
रामेछापमा जीप दुर्घटना, एकको मृत्यु, छ घाइते मन्थली नगरपालिका–५ स्थित सुनारपानीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए। 
मौसम पूर्वानुमानः दसैँसम्म पानी पर्ने
मौसम पूर्वानुमानः दसैँसम्म पानी पर्ने यस वर्षको अक्टोबर २ (असोज १७ गते) घटस्थापनाको अघिल्लो दिन परेको छ। यसैगरी दसैँको टीका असोज २६ गते परेको छ। मनसुनको प्रणालीलाई हेर्दा दसैँको टीकाको दिनसम्मै मनसुन नेपालबाट बाहिरिने सम्भावना नरहेको मौसमविद्हरू बताउँछन्।  
धनगढी विमानस्थलमा ढलेर एक जनाको मृत्यु
धनगढी विमानस्थलमा ढलेर एक जनाको मृत्यु शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बोडिङ पास गर्ने क्रममा ढलेर गोदावरी नगरपालिका–२ बस्ने ५० वर्षीय शेरबहादुर बोहोराको ढलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
नगरकोटमा कार दुर्घटना हुँदा ७ जना घाइते
नगरकोटमा कार दुर्घटना हुँदा ७ जना घाइते झापा दमक नगरपालिका–१० घर भएकी निशा श्रेष्ठका नाममा रहेको उक्त कार दुर्घटना हुँदा तीन महिला, दुई पुरुष र दुई बालक घाइते भएका र उनीहरूलाई उपचारका लागि मध्यपुर अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।
काभ्रेबाट ठूलो परिमाणमा पटाका बरामद
काभ्रेबाट ठूलो परिमाणमा पटाका बरामद बीपी राजमार्ग सडकखण्डअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले पटाका बरामद गरेको छ।
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान विभागकानुसार हाल देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहेको छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागकमनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
Weather Update