News Griha :: न्यूजगृह
अरनिको राजमार्ग एकतर्फी सञ्चालन
फाइल तस्बिर

धुलिखेल— अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका–८ स्थित ५० किलोमा सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले सडक एकतर्फी खुलेको बताए।

सडकमा माथिबाट सुक्खा पहिरो खसेर बाटो दुईतर्फी नै अवरोध भएकामा स्थानीय तह र सडक विभागसँग समन्वय गरी जेसीभीको सहायताले पहिरो पन्छाई बाटो एकतर्फी सञ्चालन गरिएको उनले बताए। सडक अवरुद्ध भएपछि सयौँ सवारिसाधन बीच बाटोमा नै रोकिएको थिए।

शनिबार राति १० बजेतिर पहिरोले बन्द भएको सडक सञ्चालन भएसँगै रोकिएको सवारीसाधनहरु गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १०:२९
Weather Update