News Griha :: न्यूजगृह
कपिलवस्तुबाट साढे २० लाख भारुसहित २ जना पक्राउ

काठमाडौं— कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले स्रोत नखुलेको साढे २० लाख भारतीय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

कृष्णनगर नगरपालिका २ लिङ्गेटमा चेकिङमा खटिएको टोलीले सोमबार बेलुकी करिब ९ बजे भारतबाट नेपाल आउँदै गरेका गाडीहरु जाँच गर्दा दुई वटा गाडीबाट साढे २० लाख भारतीय रुपैयाँ बरामद गरेको हो।

यूपी ४५ एएस६६६३ नम्बरको भाडाको गाडीबाट ८ लाख र यूपी ४२ डीटी५७२१ नम्बरको गाडीबाट १२ लाख ५० हजार बरामद भएको कपिलवस्तु प्रहरीले जनाएको छ।

उक्त रकमसहित महाराष्ट्र प्रदेशको राइगट जिल्ला मुम्बई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र सोही ठाउँका उमेश सखाराम खंडागलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसमा आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  ०८:१३
Weather Update