काठमाडौं— दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
शनिबार राति ११:३० बजे ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
दोलखा आसपासको जिल्लासँगै काठमाडौंमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो।
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१ ०६:३५