नेपाल प्रहरीका २ डीआईजीको एआईजीमा बढुवाका लागि सिफारिस
काठमाडौं— नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ।
गृह मन्त्रालय बढुवा समितिको सचिवालयको बुधबार राति बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका दुई डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।
बढुवा सिफारिस हुनेमा बुद्धिराज गुरुङ र केदार ढकाल छन्। बढुवा सिफारिस भएका गुरुङ हाल अख्तियार दूरुपयोग अनुसन्धान आयोग टङ्गाल र ढकाल प्रहरी प्रधान कार्यालय नक्सालको प्रशासन विभागमा कार्यरत छन्।
बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) बमोजिम बढुवाका लागि सिफारिस गरेको समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए।
प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१ १२:३५