News Griha :: न्यूजगृह
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ किलो सुनसहित ३ जना पक्राउ

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार साँझ ५ किलो ७ सय ग्राम सुनसहित ३ जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार एअर अरेबियाको जहाजमार्फत यूएईको शारजाहबाट काठमाडौं आएका एक चिनियाँ र २ म्यानमारका नागरिक सुनसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्ने चिनियाँ नागरिकमा च्यान चोङ र म्यानमारका सात नाइङ तुन र एई एन्गोन फू रहेका छन् ।

उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक( पुनः जाँच)गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पिकरमा करिब ५ केजी ७ सय ग्राम सुन फेला परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १०:२७
Weather Update