News Griha :: न्यूजगृह
बागलुङ जीप दुर्घटना: एकै गाउँका ५ जनाको मृत्यु

बागलुङ— यात्री बोकेको पिकअप जीप सडकदेखि ५ सय मिटर तल भिरमा खस्दा यहाँको एउटै गाउँका ५ जनाको मृत्यु भएको छ। घटनामा एक जना गम्भीर घाइले भएका छन्।

जैमिनी नगरपालिका वडा नम्बर–८ को केवैबाट सदरमुकाम बागलुङ आउँदै गरेको ग २ च ९२४७ नम्बरको जीप सोमबार बिहान साढे ८ बजे ढुंगाखानीमा सडकदेखि तल खसेको हो।

घटनामा जैमिनी नगरपालिका–८ केवइका ३८ वर्षीय चालक महेन्द्र पुन, उनकै छिमेकी २० वर्षकी रश्मी श्रीष, ५० वर्षकी नन्दकली पुन, १७ वर्षका निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीषको मृत्यु भएको प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।

घटनामा सोही गाउँका ४५ वर्षीय गंगाबहादुर श्रीष गम्भीर घाइते छन्। घाइतेलाई स्थानीयले उद्धार गरेर उपचार लागि धौलागिरि अस्पताल ल्याएका छन्।

यो घटनाले जैमिनी–८ को केवै गाउँ शोकमग्न भएको छ। घटनापछि यहाँ सञ्चालित विभिन्न कार्यक्रम स्थागित भएका छन्। एकादशी मेलाका अवसरमा सुरु भएको भलिबल खेल स्थगित गरिएको पूर्ववडाध्यक्ष विजय अधिकारीले बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ११:४६
Weather Update