प्यूठानमा भारतीय पर्यटक सवार कार दुर्घटनाबिहीबार, कात्तिक १, २०८१
दसैँमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा बुधबार, असोज ३०, २०८१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० विमान कम्पनीले उडान गर्दै आएका छन् भने आन्तरिकतर्फ सात विमान कम्पनीले सेवा दिइरहेका छन् । दसैँको समयमा आन्तरिकमा सुगम विमानस्थलमा ठूला एअरलाइन्सका विमानले उडान भरे । निजी क्षेत्रको बुद्ध एअर, यती एअरलाइन्स तथा श्री एअरलाइन्सले बढी उडान भरेका थिए । यि कम्पनीसँग ठूला...
मनकामना केबलकार भोलिदेखि तीन दिन बन्द हुने सोमबार, असोज २८, २०८१ मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।
रामेछापमा यात्रु विश्रामस्थलमा निःशुल्क खाजा सोमबार, असोज २८, २०८१ भीरपानीको सित्खादेखि पकरवासको गोगनपानी डाँडासम्म उकालो र गोगनपानीदेखि भीरपानीको चरीखोलासम्म ओरालो बाटो भएकाले यहाँ दुर्घटनाको जोखिम रहेको छ। उक्त अभियान सञ्चालन गरिएपछि यात्री मात्र नभई चालक तथा सहचालकसमेत खुसी भएका स्थानीय राजेशकुमार श्रेष्ठले बताए।
वर्षाको सम्भावना सोमबार, असोज २८, २०८१ आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ। तीनवटै प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
अरनिको राजमार्ग एकतर्फी सञ्चालन आइतबार, असोज २७, २०८१ सडकमा माथिबाट सुक्खा पहिरो खसेर बाटो दुईतर्फी नै अवरोध भएकामा स्थानीय तह र सडक विभागसँग समन्वय गरी जेसीभीको सहायताले पहिरो पन्छाई बाटो एकतर्फी सञ्चालन गरिएको उनले बताए। सडक अवरुद्ध भएपछि सयौँ सवारिसाधन बीच बाटोमा नै रोकिएको थिए।
कोहलपुरमा टाउको बिनाको शव फेला पर्यो आइतबार, असोज २७, २०८१ कोहलपुरमा एक युवकको टाउको बिनाको शव फेला परेको छ। कोहलपुर नगरपालिका वडा नम्बर ८ मा स्थानीय ४० वर्षीय चन्द्रबहादुर कामीको टाउको बिनाको शव फेला परेको बाँकेका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक यामबहादुर बुढा मगरले बताए।
पाँचखालमा सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध आइतबार, असोज २७, २०८१ ट्राफिक प्रहरी पोस्ट पाँचखालका इन्चार्ज राम थापाले सुख्खा पहिरोका कारण राजमार्ग रातिदेखि अवरुद्ध भएको जानकारी दिए। अवरुद्ध राजमार्ग एकतर्फी खुलाउन पहिरो पन्छाउने काम भइरहेको उनले बताए।
बडादसैँको टीका लगाउने क्रम आज पनि जारी आइतबार, असोज २७, २०८१ आज आश्विन शुक्ल पक्षको एकादशी। बडादसैँको टीका लगाउने क्रम आइतबार पनि जारी छ। आइतबार ५१ घडी ६ पला एकादशी तिथि छ।
यसरी भएको थियो सिन्धुलीमा गाडी दुर्घटना मंगलबार, असोज २२, २०८१ उदयपुरका ४० वर्षीय रमेश दनुवारले गाडी चलाएका थिए। उनको उपचार भइरहेको छ। बस दुर्घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ। गाडीमा सवार यात्रुका अनुसार सोमबार दिउँसो ३ बजे आसपासतिर सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा पल्टेको गाडी काठमाडौंको चाबहिलबाट सोमबार बिहान ४ बजे छुटेको थियो।
मन्त्रीहरू बाढीपहिरो प्रभावित क्षेत्रमा मंगलबार, असोज २२, २०८१ मन्त्रीहरूले काभ्रे, सिन्धुली, ललितपुर र सिन्धुपाल्चोक जिल्लाका बाढी प्रभावित क्षेत्रको अवलोकन गरी त्यहाँ भइरहेको सहयोग र पुनःनिर्माणबारे जानकारी लिएका छन्।
आज यी स्थानमा वर्षाको सम्भावना मंगलबार, असोज २२, २०८१ कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।
सडक अवरुद्ध भएका बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै सोमबार, असोज २१, २०८१ गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ ।