News Griha :: न्यूजगृह
तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं — देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान देशको  पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जनाएको छ।

तराईका केही स्थानहरूमा तथा पहाडी भू-भागका थोरै स्थानहरुमा हुस्सु/कुहिरो पनि लागेको छ। बिहीबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

बिहीबार राति भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले प्रक्षेपण गरेको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  ०७:२०
Weather Update