बिरामी बोक्ने एम्बुलेन्समा लागुऔषध तस्करी, चालक पक्राउशनिबार, मंसिर २२, २०८१

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना शनिबार, मंसिर २२, २०८१ हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान हाल कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

नेपाल प्रहरीमा १ हजार २ सय २३ पदका लागि नयाँ भर्ना आह्वान शुक्रबार, मंसिर २१, २०८१ नेपाल प्रहरीले १ हजार २ सय २३ पदका लागि दरखास्त आह्वान गरेको छ। जनपद प्रहरी समूहतर्फ विभिन्न पदमा रिक्त स्थानहरू पूर्ति गर्नका लागि खुल्ला प्रतियोगिताद्वारा भर्ना प्रक्रिया सुरु गरिएको हो।

कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण शुक्रबार, मंसिर २१, २०८१ चितवन कारागारमा कैदीबन्दीको चाप बढेपछि केहीलाई अन्यत्र स्थानान्तरण गरिएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को साउनयता ९५ कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ।

अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या प्रकरण: आरोपितसँग १० लाख डलर धरौटी माग शुक्रबार, मंसिर २१, २०८१ गत अगष्ट महिनामा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेको हत्या अभियोगमा समातिएका बबी साहसँग दश लाख डलर धरौटी माग भएको छ।

धनुषामा ४० वर्षीया महिलाको वीभत्स हत्या शुक्रबार, मंसिर २१, २०८१ शीरछेदन भएको उनको शव घरभन्दा करिब डेढ किलोमिटर टाढा शिवनारायण मण्डलको खेतमा भेटिएको थियो। उनको टाउको भने कमला नदीको नहरमा भेटिएको छ। शरीर नग्न अवस्थामा थियो। शरीर र टाउको भेटेको भन्दा सय मिटर पर रगत बगेको देखिएको छ।

हिउँदमा पनि रोकिएन तिङ्लामा पहिरो, १०० भन्दा बढी घर जोखिममा बिहीबार, मंसिर २०, २०८१ सोलुखोलाको माथिल्लो भागबाट शुरु भएको करिब ५०० मिटर लामो पहिरो बस्तीतर्फ सर्दैछ, जसले स्थानीयवासी त्रसित छन्। स्थानीय चित्रकुमारी कार्कीले जलविद्युत् आयोजना निर्माणका क्रममा निस्किएको माटो अनियन्त्रित रूपमा थुपारिँदा पहिरोको जोखिम थप बढेको बताईन्।

आज देशभरको मौसम सफा रहने पूर्वानुमान बिहीबार, मंसिर २०, २०८१ हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सामान्यतया देशभरको मौसम सफा रहने बताएको छ।
-1733317508.jpg)
सरकारी गाडीबाट ६९० किलो गाँजा बरामद बुधबार, मंसिर १९, २०८१ सरकारी नम्बर प्लेट भएका दुईवटा गाडीबाट सुनसरी प्रहरीले ६९० किलो गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय धरानको टोलीले गत राति धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो।
-1733317159.jpg)
पहिरोले क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट पुस दोस्रो साताभित्र विद्युत् उत्पादन भइसक्ने बुधबार, मंसिर १९, २०८१ हाल सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन गर्नेगरी मर्मतसम्भार तालिका तय गरिएको छ।

प्रधानसेनापति सिग्देल भारत जाँदै बुधबार, मंसिर १९, २०८१ नेपाली सेनाका अनुसार प्रधानसेनापति सिग्देल मङ्सिर २६ गते भारत गएर २९ गते स्वदेश फर्किने छन्। भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न लिनका लागि उनी त्यहाँ जान लागेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी बुधबार, मंसिर १९, २०८१ यो सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालिन वीरगन्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो ।

शौचालयमा लडेर युवकको मृत्यु बुधबार, मंसिर १९, २०८१ लडेर बेहोस भएका राईलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको मनवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी श्यामु अर्यालले बताए।