बिरामी बोक्ने एम्बुलेन्समा लागुऔषध तस्करी, चालक पक्राउ
-1733535474.jpg)
काभ्रे — बीपी राजमार्गमा पर्ने काभ्रेको रोशीबाट प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका ६ हरिपुर निवासी ४४ वर्षीय सुरेश मिझार छन्।
महोत्तरीको बर्दिबासबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको अवस्थामा ज १ च १९०८ नम्बरको एम्बुलेन्ससहित त्यसका चालक मिझारलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मीनबहादुर घलेले जानकारी दिए।
सुनौलो सुनौल २ महोत्तरीद्वारा सञ्चालित उक्त एम्बुलेन्सलाई जाँच गर्ने क्रममा चालककको सिट पछाडि राखिएको जेब्रा झोलाबाट विभिन्न प्रकारका तीन हजार एम्पुल लागुऔषध बरामद गरिएको घलेले बताए।
उनलाई शुक्रबार जिल्ला अदालत काभ्रेबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१ ०७:२२