News Griha :: न्यूजगृह
दमननाथ ढुंगानाको अन्तिम संस्कारबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै  

काठमाडौं— आज बिहान मन्त्रिपरिषद् बैठक बस्दैछ। पूर्व सभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कारबारे निर्णय गर्न बिहान ९ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

कलेजो रोगको उपचारका क्रममा ढुंगानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा आइतबार दिउँसो निधन भएको थियो। आइतबारै सभामुख देवराज घिमिरेले ढुंगानाको अन्त्येष्‍टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले आइतबार साँझ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई फोन गरेर सरकारको ध्यानाकर्षण गराएका हुन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  ०६:०३
Weather Update