News Griha :: न्यूजगृह
काठमाडौंको बिहानको तापक्रम ७ डिग्री सेल्सियस !

काठमाडौं — अहिले तराईका भूभागमा हुस्सु लागेको छ भने अन्य भूभागको मौसम सामान्यतया सफा छ। 

तराईमा बिहानीपख हुस्सु लागेको भए पनि दिउँसोपख भने खुल्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यस्तै काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम थप घटेको छ ।

काठमाडौं उपत्यकाको तापक्रम बिहान पौने ६ बजे ७ डिग्री सेल्सियस मापन भएको मौसमविद् गोविन्द झाले जानकारी दिए। उनका अनुसार यो अघिल्ला दिनहरूको तुलनामा सबैभन्दा कम हो । 

यस्तै कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०८:३०
Weather Update