मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु

विराटनगर — मोरङमा भएको एक सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ ।
ग्रामथान गाउँपालिका–२ झोराहाटमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा कटहरी गाउँपालिका– १ का २२ वर्षीय आसिक मरिक र उनका बुवा ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घिनाघाट–विराटचोक सडक खण्डको झोराहाट चोकस्थित नहरको पुलमा अनियन्त्रित भई मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।
दुर्घटनामा प्रदेश१–०४–००२प १९०१ नम्बरको मोटरसाइकलमा सवार बाबुछोरा गम्भीर घाइते भएको र विराट नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१ १९:३८