News Griha :: न्यूजगृह
फुटबल हेर्न गएका युवक मृत भेटिए
फुटबल हेर्न गएका युवक मृत भेटिए कार्तिक १४ गते तेल्लोककै याङपाङमा सञ्चालित महिला फुटबल प्रतियोगिता हेर्न गएका २६ वर्षीय उनी घर नफर्किएपछि परिवार र प्रहरीले खोजतलास गर्दा शनिबार मृत अवस्थामा भेटिएका हुन्।
लाङटाङमा हराएका एकजना पर्यटक अझै भेटिएनन्
लाङटाङमा हराएका एकजना पर्यटक अझै भेटिएनन् हिमाल आरोहणको क्रममा हराइ रहेका दुई पर्यटकमध्ये एक पर्यटक सम्पर्कमा आएका छन्। गोसाइँकुण्ड गाउँपालिका–३ को उच्च भाग यालापिकमा हराइरहेका चेक रिपब्लिकका ५० वर्षीय मारेक होलेसेक्का शुक्रबार साँझ सम्पर्कमा आएका हुन्। यालापिक समुन्द्र सतहदेखि सात हजार दुई सय ३४ मिटर उचाइमा पर्छ।
काभ्रेको रोशीमा महिला मृत फेला, हत्याको आशंका
काभ्रेको रोशीमा महिला मृत फेला, हत्याको आशंका काभ्रेको रोशी गाउँपालिका-३ भन्ज्याङ गाउँमा एक महिला मृत फेला परेकी छन्। मृत फेला पर्ने सोही ठाउँकै ६६ वर्षीय माइली लामा छिन्।
सुस्तामा हतियारसहित भारतीय सुरक्षाकर्मी प्रवेश, स्थानीयको प्रतिकारपछि फिर्ता
सुस्तामा हतियारसहित भारतीय सुरक्षाकर्मी प्रवेश, स्थानीयको प्रतिकारपछि फिर्ता पश्चिम नवलपरासीको सुस्तामा भारतीय हतियारधारी सुरक्षाकर्मी गैरकानुनी रुपमा प्रवेश गरेका छन्। सुस्ताका दुईजना नेपालीलाई समात्न उनीहरु गाडीसहित आएका हुन्। भारतीय हतियारधारी सशस्त्र बन रक्षकको टोली दुईजना नेपालीलाई पक्राउ गर्न शुक्रबार दिउँसो आएका हुन्।
पार्टी प्यालेसमा जुवा खेलिरहेका १० जना जुवाडे पक्राउ, १० लाख नगद बरामद
पार्टी प्यालेसमा जुवा खेलिरहेका १० जना जुवाडे पक्राउ, १० लाख नगद बरामद विशेष सूचनाको आधारमा शुक्रबार राति विराटनगर महानगरपालिका–११ स्थितमा संगम पार्टी प्यालेसबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिर्तामोड–शनिश्चरे रोडमा पर्ने डाँस पुलनजिक शुक्रबार साँझ बा ४९ प २१५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ताप्लेजुङ श्रीजङ्घा गाउँपालिका–६ का २६ वर्षीय  सन्तोष लिम्बूको मृत्यु भएको हो।
सर्लाहीको बरहथवामा भीषण आगलागी, पौने तीन करोड बराबरको क्षति
सर्लाहीको बरहथवामा भीषण आगलागी, पौने तीन करोड बराबरको क्षति आगलागीबाट नरेश साहले सञ्चालन गरेको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
भाइटीकाको दिन कुन-कुन ठाउँमा हुँदैछ वर्षा ?
भाइटीकाको दिन कुन-कुन ठाउँमा हुँदैछ वर्षा ? यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ ।
काठमाडौंमा वायु प्रदूषण बढ्यो
काठमाडौंमा वायु प्रदूषण बढ्यो नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ। एयर क्वालिटी इन्डेक्स’ ले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६० रहेको जनाएको छ।
के साँच्चै काठमाडौंमा पेट्रोल अभाव भएको होर?
के साँच्चै काठमाडौंमा पेट्रोल अभाव भएको होर? तिहारका बेला सवारी साधनमा पेट्रोल भर्न नपाएको गुनासो सर्वसाधारणले गरेका छन्।  नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार निगमका तर्फबाट कुनै समस्या छैन र पेट्रोलको भण्डारण पर्याप्त मात्रामा छ। 'निगमको तर्फबाट केही समस्या छैन।
गैरकानुनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न गृह मन्त्रालयको निर्देशन
गैरकानुनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न गृह मन्त्रालयको निर्देशन यातायात व्यवसायीबाट पालिकाहरूले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। मन्त्रालयले यही कात्तिक दोस्रो साता देशभरका ७७ वटै प्रशासन कार्यालयलाई जानकारी पत्र पठाउँदै उक्त निर्देशन दिएको हो।
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु झापाको अर्जुनधारास्थित शनिश्चरे बजारबाट बिर्तामोड तर्फ आउँदै गरेको बा ४९ प २१५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको बाँयातर्फको रुखमा ठोक्किँदा दुर्घटना भएको प्रहरीको भनाइ छ।
Weather Update