मोरङ— विराटनगरको एक पार्टी प्यालेसमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित १० जना जुवाडे पक्राउ परेका छन्।
विशेष सूचनाको आधारमा शुक्रबार राति विराटनगर महानगरपालिका–११ स्थितमा संगम पार्टी प्यालेसबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट १० लाख ६ हजार ९९५ रुपैयाँ नगद र पाँच सेट ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
पक्राउ परेकाहरू –
१. मोरङ विराटनगर महानगरपालिका ११ बस्ने वर्ष ६१ को राजन कडेल ।
२. मोरङ विराटनगर महानगरपालिका १२ बस्ने वर्ष ४१ को टुनटुन शर्मा ।
३. मोरङ विराटनगर महानगरपालिका ११ बस्ने वर्ष ५७ को पशुपति भगत ।
४. मोरङ विराटनगर महानगरपालिका १२ बस्ने वर्ष ४७ को सुरेन्द्र ठाकुर ।
५. मोरङ विराटनगर महानगरपालिका ११ बस्ने वर्ष ५० को विरेन्द्र साह ।
६. मोरङ विराटनगर महानगरपालिका ३ बस्ने वर्ष ५५ को ध्रुव सिग्देल ।
७. मोरङ विराटनगर महानगरपालिका ५ बस्ने वर्ष ५५ को मनिराज प्रसाई ।
८. मोरङ विराटनगर महानगरपालिका १२ बस्ने वर्ष ५० को बाबुराम कटेल ।
९. मोरङ विराटनगर महानगरपालिका १२ बस्ने वर्ष ४६ को लिला सहनी ।
१०. मोरङ विराटनगर महानगरपालिका११ बस्ने वर्ष ५९ पदम श्रेष्ठ (पाटी प्यालेस संचालक)।