चौतर्फी आलोचनापछि ट्राफिकले ठाउँठाउँमा राख्न थाल्यो ‘स्पिड चेकिङ’को सूचनाशुक्रबार, कात्तिक १६, २०८१

सगरमाथा क्षेत्रमा लडेर घाइते भएका जापानिज नागरिकको उद्धार शुक्रबार, कात्तिक १६, २०८१ प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार खुम्बु भ्रमणमा आएका शिशिडो बिहीबार दिउँसो ३ बजेको समयमा हिँड्ने क्रममा लडेर घाइते भएका थिए। खुम्बु क्षेत्रको भ्रमणमा आएका उनी रातको समयमा छुकुमबाट खुम्ब्युलापास गएर फर्कँदा बाटो बिर्सिएर अन्यत्र पुगेका थिए।

नुवाकोटमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, ३५ वर्षीय युवकको मृत्यु शुक्रबार, कात्तिक १६, २०८१ जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइरालाका अनुसार टोखा–छहरे सडकमा गएराति भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको हो।

भाइटीकाको शुभ साइत आइतबार ११:३७ बजे शुक्रबार, कात्तिक १६, २०८१ पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजा पूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ ।

तास खेलिरहेका ३७ जना पक्राउ, साढे ४ लाख नगद बरामद शुक्रबार, कात्तिक १६, २०८१ कैलालीको घोडाघोडी नगरपालिका–६ अस्नारास्थित कुखुरा फर्मबाट तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका हुन्। प्रहरीले उनीहरुको साथबाट २६ हजार ४ सय २० रुपैयाँ र एक गड्डी तास पनि बरामद गरेको छ।

आज देशका अधिकांश भागमा मौसम सफा रहने शुक्रबार, कात्तिक १६, २०८१ देशभर पश्चिमी तथा पहाडी भू–भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

लक्ष्मीपूजाको दिन बिजुलीको उच्चमाग १६०२ मेगावाट, २५३ मेगावाट भारततर्फ निर्यात शुक्रबार, कात्तिक १६, २०८१ लक्ष्मीपूजाको दिन आइतबार साँझ ६:२५ बजे पिक डिमान्ड १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको हो । गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमान्ड १ हजार ४३८ मेगावाट थियो । गत वर्षको तुलनामा यस वर्ष लक्ष्मीपूजाको दिन पिक डिमान्ड १६४ मेगावाट बढी हो ।

आज तिहारको कुनै पर्व छैन ! शुक्रबार, कात्तिक १६, २०८१ नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ। औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा...

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ बिहीबार, कात्तिक १५, २०८१ मर्स्याङ्दी गाउँपालिका–२ का २५ वर्षीय भक्तबहादुर गुरुङलाई पक्राउ गरिएको प्रहरी निरीक्षक टुलबहादुर श्रेष्ठले बताए। उनका अनुसार एकजना १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार भएका उनलाई जिल्ला बाहिरबाट पक्राउ गरेको हो।

ब्रेक फेल हुँदा अछाममा जीप दुर्घटना बिहीबार, कात्तिक १५, २०८१ घाइतेमध्ये नन्दा बुढाको टाउको र मुखमा गम्भीर चोट लागेको छ भने अन्य सबैको अवस्था सामान्य छ। घाइतेको अछामस्थित न्याय हेल्थ बयलपाटामा उपचार भइरहेको छ। गाडी चालक प्रहरीको नियन्त्रणमा छन्।

डिजेल र मट्टितेलको भाउ घट्यो, पेट्रोल र ग्यासको के भयो? बिहीबार, कात्तिक १५, २०८१ भाउ घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १४७.५, सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १४९ र काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १५० रुपैयाँ छ।

पूर्वप्रहरीमाथि खुकुरी प्रहार बिहीबार, कात्तिक १५, २०८१ तुलसीपुरका अपरिचित समूहले हालसालै सेवाबाट अवकाश लिएका एक जना पूर्वप्रहरीमाथि बिहीबार दिउँसो खुकुरी प्रहार गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले पूर्वप्रहरी वीरबहादुर वली (विरे) माथि एक समूहले खुकुरी प्रहार गरी घाइते तुल्याएको बताए।

२ लाख ६५ हजार मूल्यका पटाका नष्ट बिहीबार, कात्तिक १५, २०८१ जिल्लाका विभिन्न ठाउँबाट बरामद गरिएका पटाका जिल्ला प्रशासन, जनप्रतिनिधि, व्यवसायी र पत्रकारको रोहबरमा बिहीबार नष्ट गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताए।